वाशिङ्गटनडिसी
नेपालमा भुकम्प गए लगतै अमेरिकी सरकारद्धारा नेपालीहरूलाई उपलब्ध गराइएको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस टिपिएस सुविधालाई नबिकरणका लागी पहल गर्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएन अमेरिकाले अमेरिकी सिनेटर टेड क्रुजलाई भेटी औपचारिक अनुरोध गरेको छ । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा गएको टोलीले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउदै अमेरिकामा टिपिएस सुविधा पाएका नेपालीहरूमा टिपिएस नबिकरण नभएमा पर्न सक्ने आर्थिक, सामाजिक, मानसिक समस्याबारे सिनेटर क्रुजलाई अवगत गराएको थियो ।
छलफलका क्रममा अध्यक्ष डा. पौडेलले टिपिएस एक अस्थायी समाधान भए पनि यसको समाधान दीर्घकालीन रूपमा खोज्नका लागी सिनेटर क्रुज समक्ष आग्रह गर्दै टिपिएस नबिकरणले अमेरिकामा रहेका नौ हजार नेपाली परिवारहरूलाई सहयोग पुग्ने मात्र नभई नेपाल राष्ट्रलाई समेत आर्थिक रूपमा सहयोग पुग्ने भएकाले नबिकरणका लागि आवश्यक पहल गर्न सिनेटर क्रुज समक्ष आग्रह गरेको थियो ।
छलफलका क्रममा सिनेटर क्रुजले भूकम्प पश्चात् नेपालको आर्थिक र नेपाली जनजिबनमा पर्न गएको प्रभावबारे आफू जानकार रहेको र टिपिएस नबिकरणका लागी आफनो तर्फबाट प्रयास हुने बताउनुभयो । ‘ नेपालीहरूलाई परेको यो समस्याका बारेमा हामी सक्दो सहयोग गर्नेछौ ‘ सिनेटर क्रुजले बैठकमा सहभागीहरूलाई भने ।
एनआरएन अमेरिकाका मिडिया कोर्डिनेटर बाल जोशीको संयोजनमा भएको सो बैठकका सहभागीहरूले सिनेटर क्रुजको जुडिसिएल समिति संग समेत भेटघाट गरेका थिए । सो समितिको प्रतिनिधित्व गर्दै जुडिसियल काउन्सिल क्याथलिन हुंकरले एनआरएन प्रतिनिधि मंडलसंग भेटी विनाशकारी भूकम्पले नेपालमा परेको दीर्घकालीन प्रभाव र अमेरिकामा रहेका टिपिएसधारी नेपालीहरूका बारेमा जानकारी लिएका थिए ।
सिनेटर क्रुज र काउन्सिल हुङ्कर संगको बैठकमा एनआरएन अमेरिकाका अध्यक्ष डा. पौडेल, कोषाध्यक्ष डा. प्रकाश अर्याल, मिडिया कोर्डिनेटर बाल जोशी, कार्यसमिति सदस्य आङ ङमिा ग्याल्जेन शेर्पा तथा एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, उपाध्यक्ष विष्णु रानामगर, सदस्य बेगम पण्डितको सहभागिता रहेका थिए । त्यसै गरी एनआरएन भजिर्र््िया च्याप्टरका अध्यक्ष गोविन्द सुबेदी, सामाजिक संस्था अधिकारकी प्रतिनिधि आकृति खनाल, टिपिएस अलाएन्सका प्रतिनिधि मार्केल हरनान्जेज, प्रवासी नेपाली मञ्चका टेक गुरुङ र रामेछाप शेर्पा समाजका अध्यक्ष देण्डी शेर्पा, नेपाल अमेरिका पत्रकार सघ नेजाका प्रतिनिधिहरू अध्यक्ष भोला आचार्य, उपाध्यक्ष गुणराज लुइटेल र संस्थाका सदस्य पत्रकार निदेश अधिकारी र अस्कार केसी समेत छलफलमा सहभागी थिए ।
अमेरिकाको टेक्सासबाट सिनेटर बनेका टेड क्रुज अमेरिकी सिनेटर भित्रका एक प्रभावशाली सिनेटर मानिन्छन् । रिपब्लीकन पाटीभित्र पनि कन्जरभेटिभ समूहको प्रतिनिधित्व गर्ने सिनेटर क्रुज सन २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतिय निर्वाचनमा राष्ट्रपति पदका एक सशक्त उम्मेदवार थिए । २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात् अमेरिकी सरकारले नेपालीलाई प्रदान गरेको टिपिएस सुविधा आगामी जुन २४ मा समाप्त हुदैछ । यो सुविधा नबिकरण नभए झन्डै ९ हजार भन्दा नेपालीहरूले दुख भोग्नु पर्नेछ ।