४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई अर्थमन्त्री खतिवडाले गरे स्वागत


२१ फाल्गुन २०७४, सोमबार  

0
Shares

काठमाडौँ। इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न काठमाडौं आइपुगेका छन्।

प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आइपुगेका हुन्।

पाकिस्तानी सेनाको विशेष विमानबाट यहाँ आइपुगेका प्रधानमन्त्री अब्बासीलाई अर्थ मन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरे।

विमानस्थलबाट प्रधानमन्त्री अब्बासी केहीबेर विश्रामका लागि होटल हायात रिजेन्सी पुगेका छन्। आजै प्रधानमन्त्री अब्बासीको सम्मानमा राष्ट्रका तर्फबाट नेपाली सेनाको एक टुकडीले सैनिक मञ्च टुँडिखेलमा सम्मान गारत(गार्ड अफ अनर) प्रदान गर्नेछ।

त्यगैगरी, आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका विषयमा विचारविमर्श गर्नेछन्।

साथै उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा होटल याक एन्ड यतिमा रात्रिभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। तस्विर: रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार  ५ : ३४ बजे