काठमाडौं । नेपाल तामाङ घेदुङले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचित तामाङ सांसदहरुलाई बधाई दिँदै सम्मान गरेको छ । सांसदहरुलाई घेदुङका अध्यक्ष मोहन गोले तामाङले तामाङ टोपी लगाएर सम्मान गरेको हो ।
घेदुङको ६२ औं स्थापना दिवसको अवसर पारी राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित सम्मान कार्यक्रममा घेदुङले सांसदहरूलार्इ ध्यानाकर्षण पत्रसमेत बुझाएको छ।
२ पृष्ठे ध्यानाकर्षणमा पत्रमा प्रदेश ३ को नामाकरण, कामकाजी भाषाबारे उल्लेख गरिएको छ ।