शुभप्रभात राई/काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही नेपाली भोकै नपर्ने दाबी गरेका छन् । बिहिबार भृकुटीमण्डपस्थित नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तर्राष्ट्रिय व्यापार मेलामा प्रधानमन्त्री ओलीले भने, ‘अब कोही नेपाली भोकै पर्दैन, कोही भोकै मर्दैन ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले काम गर्न सक्नेले काम गर्नु पर्ने र काम गर्न नसक्नेलाई सरकारले पाल्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने र नेपालको व्यावसायी वातावरण पूर्णरुपले शुन्य अवस्थामा रहेको कारण पाँचवर्षसम्म नेपालको व्यापार व्यावसायी असाधरण समय हुने बताए । यो समय सफलता, परिवर्तन र उपलब्धीको समयमात्र हुने ओलीले दाबी गरेका थिए ।

उनले वर्तमान सरकार देश र जनताप्रति उतरदायी भएको बताउँदै सरकार भ्रष्टाचारका विरुद्ध रहेको स्पष्ट पारे । सरकार सम्पूर्ण प्रयास उत्पादन वृद्धि, आकर्षक रोजगारी र आकर्षक अवसरका लागि केन्द्रित हुने बताउँदै ओलीले हाम्रो हरेक जमिनको टुक्रा हरेक सुर्यको किरण हरेक झोका हावा हामीसंग भएको हरेक बुद्धी हरेक सामर्थ्य हरेक तागत लाइ हामी हरेक जनताले सदुपयोग गर्न जानेमा बिकासका हरेक पाइलाहरु अघिबढि सिंगो राष्ट्रले नै मुहार फेर्ने बताए ।
नेपालको वस्तु प्रवर्द्धन समृद नेपाल निर्माण भन्ने मुलनाराका साथ ७ औं अन्तर्राष्ट्रिय व्यापार मेलामा अर्थमन्त्री डा युवराज खतिवडा, उद्योग तथा आपुर्ति मन्त्री मात्रिका यादव व्यापार व्यावसायीहरु चिनका छिङ वो लगायत नेपाल भारत पाकिस्तान बंगालादेशका विश्वबजारमा उघोग धन्दामा आधारित व्यावसायीहरुको उपस्थिति रहेको थियो।
अर्थमन्त्री खतिवडाले हामी १०० आयात गरेर ७ रुपैंयाको निर्यात गरिरहेको र यसलाई ढाक्न पर्यटन व्यावसाय, बैदेशिक रोजगारमा जाँदा र बिदेशी अनुदान लिदा पनि थेग्न छाडिसकेको बताए ।
कार्यक्रममा उद्योग मन्त्री मात्रिका यादव व्यवसायीलाई काम छिटो गर्ने वाहनामा घुस दिने काम बन्द गर्न चेतावनी दिएका थिए । घुस दिनेहरुको काम नबन्ने र घुस लिनेहरुको हालत के हुन्छ भन्ने ठेकान नभएको मन्त्री यादवको भनाई थियो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले स्वागत मन्तव्य राख्दै नेपालमा निर्मित हुने सम्पूर्ण वस्तुहरुको नेपालमा मात्र नभइ विश्व बजारमा त्यसको बजार पुर्याउन सके देशलाइ आर्थिक विकासमा सहयोग पुग्ने बताइन्। उनले भनिन्, ‘नेपालमा राजनितक बिकास भैसकेको र अव आर्थिक बिकास हुनु मात्र बाँकी छ । चाहेमा देशमा १० वर्षमा कायापलट हुन्छ । निजी क्षेत्र यसमा काम गर्न तयार छ।’










