७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रधानमन्त्री ओलीलाई दुई तिहाई विश्वासको मत


२७ फाल्गुन २०७४, आइतबार  

0
Shares

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ विश्वासको मत प्राप्त गरेका छन् । आइतबार संघीय संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमा २०८ मत पाए ।

विपक्षमा ६० मत खसेको छ । २७५ सांसदमा आज संसदमा २६८ सांसदमात्र उपस्थित थिए ।

कांग्रेसका सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेको थियो भने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल निर्वाचन प्रकृयामा सहभागी भएनन् । नयाँ शक्ति पार्टी नेपालका सांसद डा बाबुराम भट्टराई नेपाल बाहिर छन् ।

उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री ओलीलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्रका सांसदले समर्थनले मत दिए । फोटो सौजन्य-रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ९ : १६ बजे