२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

न्युयोर्कमा हेलिकप्टर दुर्घटना: दुईको मृत्यु!


२८ फाल्गुन २०७४, सोमबार  

2
Shares

न्युयोर्क  । न्युयोर्कमा रहेको इस्ट रिभरमा हेलिकप्टर दुर्घटना हुँदा दुइको मृत्यु भएको छ। आइतबार भएको उक्त दुर्घटनामा दुईको ज्यान गएको मेयर बिल डि ब्लाजिओलाई उद्धृत गर्दै उनका प्रेस संयोजक इरिक फिलिपले बताएका छन्।

हेलिकप्टर नदीमा खसेको र पानीमा डुबेको स्थानीयले बताएका छन्। हेलिकप्टरमा कति जना सवार थिए भन्ने खुलेको छैन। के कारणले दुर्घटना भयो भन्नेबारेमा अनुसन्धान जारी रहेको बताइएको छ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार  १० : ३४ बजे