२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बंगलादेशको जलालवाद कलेजले तीन दिन शोक मनाउने


२९ फाल्गुन २०७४, मंगलबार  

0
Shares

काठमाडौं: मार्च १० मा एमबिबीएसकोअन्तिम परीक्षा सकाएर स्वदेश फर्कदै गरेका आफ्नो कलेजका विद्यार्थीको मृत्यु भएपछि
जलालवाद राजिब रबेया मेडिकल कलेजले ३ दिन शोक मनाउने भएको छ।

सोमबार युएस बंगला एअरको विमान दुर्घटनाग्रस्त विमानमा जलालवादका १३ विद्यार्थी सवार थिए। उक्त कलेजबाट नेपाल फर्कदै
गरेकाहरुमा सञ्जय पौडेल सञ्जय महर्जन निगा महर्जन एन्जिला श्रेष्ठ पूर्णिमा लोहनी श्वेता थापा मिली महर्जन सरुना श्रेष्ठ एल्जिना बराल
चरु बराल समिरा व्यन्जनकार अश्ना शाक्य र प्रिन्सी धामी रहेका थिए ।

यी मध्ये श्वेता थापा सन्जय महर्जनको अवस्था अज्ञात रहेको छ भने कतिपयको मृत्यु भइसकेको छ। उनीहरुको सम्झनामा कलेजले
तीन दिने शोक मनाउने निर्णय भएको कलेजका प्रमुख प्रोफेसर अबेद हुसेनले जानकारी दिए।

एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएका ११ नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृतक विद्यार्थीहरु सबै राजीव रबेया मेडिकल कलेज सिलहटका हुन् ।

मृत्यु हुनेहरुमा एल्जिना बराल, चारु बराल, पूर्णिमा लोहनी, मिली महर्जन, नीगा महर्जन, सन्जय महर्जन, सन्जय पौडेल, आशा शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ र स्वेता थापा रहेका छन् । प्रिन्सी धामी र समिरा व्यन्जनकार घाइते भएका छन् । उनीहरुको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

यी हुन् जलालवादबाट परीक्षा दिएर फर्केका नेपाली विद्यार्थीहरु

१.सञ्जय पौडेल
२. सञ्जय महर्जन
३. निगा महर्जन
४. एन्जिला श्रेष्ठ
५. पुर्णिमा लोहनी
६. स्वेता थापा
७. मिली महर्जन
८. सरीमा श्रेष्ठ
९. अल्जिना बराल
१०. चारु बराल
११. समिरा ब्यञ्जनकार
१२. आस्ना शाक्य
१३. प्रिन्सी धामी

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलबार  ९ : ५४ बजे