८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भिआइपी शपथको सास्ती: सर्वोच्च पदमा शपथ दिने र लिने दुवै ‘स्ट्रेस फेस’मा


३० फाल्गुन २०७४, बुधबार  

0
Shares

नेत्र तामाङ/काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी शपथको समयमा खुसी देखिनुपर्ने हो । तर बुधबार शीतल निवासमा शपथ लिँदै गर्दा उनको मुहारमा ‘स्ट्रेस’ छर्लंगै देखिन्थ्यो ।

यता राष्ट्रपतिलाई शपथ खुवाउन राष्ट्रपति निवास पुगेका प्रधानन्यायाधीश गोपाल पराजुलीको अनुहार झनै आत्तिएको देखिन्थ्यो।
शपथको अवलोकन पहुँच भएकाले नोटिस गरे-राष्ट्रपति भण्डारी र प्रधानन्यायाधीश दुवैको फेस स्ट्रेसमा देखिन्थ्यो ।

पराजुलीले राष्ट्रपतिलाई शपथ खुवाउनै लाग्दा प्रधानन्यायधीशबाट पदमुक्त भइसकेको समाचार ‘भाइरल’ भइकसकेको थियो । समाचारअनुसार राष्ट्रपतिलाई शपथ खुवाउन सुरु गर्नुअघि नै पराजुली पदमुक्त भइसकेका दाबी थियो ।

यद्यपि कारगेटबाट ओर्लिसकेकी भण्डारीले पराजुलीबाटै शपथ लिइन् । तनावपूर्ण अवस्थामा विवादिद प्रधानन्यायधीशबाट शपथ लिनुपरेकोले भण्डारीलाई तनाव थपेको हुनसक्छ । यता, आफू पदमुक्त हुने खबर एकैछिनमा फैलिदै छ भन्ने थाहा पाएर हुनसक्छ पराजुली आत्तिएका ।

शपथग्रहणको इतिहासमा यस्तो सास्ती सायदै भएका होलान् । बुधाबार शीतलनिवासमा यस्तो सास्ती प्रमुख पात्रबीच नै देखियो । देशको सबैभन्दा सर्वोच्च पदमा रहेका यी दुई पात्रले शपथग्रहणमा किन सास्ती भोग्नुपरेको भोलिका दिनमा पक्कै खुल्नेछ नै ।

राष्ट्रपतिको हतारको शपथले पनि यस्तो घटना भएको देखिन्छ । घटना जेजस्तो भएपनि सास्तीको शपथले नेपाली जनतालाई भने अप्ठेरोमै पारेको देखिन्छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार  ६ : ४३ बजे