फोटो: राष्ट्रपतिको कार्यालय
काठमाडौं । राष्ट्रपतिमा दोस्रोपटक निर्वाचति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
राष्ट्रपति भण्डारीले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले मन्त्रीगण, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि सहभागी थिए ।
यो पनि पढ्नुहोस