७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण


१ चैत्र २०७४, बिहिबार  

0
Shares

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गरेका छन् ।

कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम समेत शुरु गरेका छन् ।

न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत्रबाट पुष्टि भएको भन्दै उनी पदमा नरहेको जानकारी गराएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहिबार  ११ : ०१ बजे