२९ कार्तिक २०८१, बिहिबार | Thu Nov 14 2024

साहित्यकार खत्रीलाई १ लाख राशीको विशिष्ठ साहित्य पुरस्कार दिइने


Ang

२ चैत्र २०७४, शुक्रबार  

0
Shares

अन्तराष्ट्रिय साहित्य समाजले स्थापना गरेको यसवर्षको ‘अनेसास भवन भट्ट विशिष्ट महिला साहित्य पुरस्कार ‘ महिला साहित्यकार गीता खत्रीले पाउने भएको छ । प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यमा योगदान पुर्‍याए वापत साहित्यकार खत्रीलाई यो सम्मान दिन लागेको हो । पुरस्कार एनआरएनएका अध्यक्ष भवन भट्टको नामबाट स्थापना गरेको हो । पुरस्कारको राशी एक हजार अमेरिकी डलर रहेको छ ।

समाजले नेपाली साहित्य विद्यामा योगदान दिने एकजना नेपाली महिला साहित्यकारलाई हरेक दुईदुई बर्षमा यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । अनेसास केन्दि्रय समितिद्धारा समलोचक लीला लुइटेलको संयोजक र विन्दिया सुब्बा र उन्नती बोहरा शीला सम्मिलित पुरस्कार छनोट समितिले साहित्यकार खत्रीलाई पुरस्कारका लागि छनोट गरेको जनाएको छ ।
उक्त पुरस्कार आगामी मार्च २४ र २५ मा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भारतको सिक्किममा हुने तेस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्यिक सम्मेलनमा प्रदान गरिने भएको छ ।

साहित्यकार गीता खत्रीको हालै कथासंग्रह अन्त्यहीन इच्छा प्रकाशित भएको छ भने तर यस अघि पाचवटा पुस्तक प्रकाशित गरिसकेका छन । लामो समयदेखिन साहित्यक लेखनमा क्रियासिल खत्रीले कथा र कविता संग्रहको साथै अहिलेसम्म चारवटा गिती एल्बम समेत बजारमा ल्याइसकेका छन । झोखाङदेखि मजाटलानसम्म नियात्रासंग्रह, आमा हुन् आमा खण्डकाब्य, सिर्जनायात्रामा गीता गीतिसंग्रह, सपनाको धरहरा कवितासंग्रह र सिर्जनायात्रामा गीता कविता र गजलसंग्रह खत्रीका यसअघि प्रकाशित कृति हुन । सम्मेलनमा नेपाली साहित्यमा योगदान गर्ने साहित्यकारहरु डा शान्ति प्रधान क्षेत्री ( भारत) , कविता पौडेल (नेपाल) , प्रमिला शर्मा (अमेरिका) र सकुन्तला ज्ञवली (अमेरिका ) लाई अनेसास विशिष्ठ सम्मान प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार  १० : २१ बजे