एभरेष्ट टाईम्स्
नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका फिवनाले १०८ औं अन्तरािष्ट्रय महिला श्रमिक दिवस मनाएको छ । प्रेस फर प्रोग्रेस भन्ने नारासहित शुरु दिवस आदिवासी जनजाति महिलाहरुको आर्थिक, सामाजिक र संस्थागत विकासमा सहयोग पुरयाउने उद्देश्यले गरिएको फिवनाका उपाध्यक्ष इन्दिरा चोङवाङले जानकारी दिइन । उपाध्यक्ष चोङवाङले उपस्थित सबैलाई स्वागत गर्दै आदिवासी जनजातिको महिलाहरुको शशक्तिकरणका लागि सबै आदिवासी महिला पुरुष एकजुट हुनु पर्ने बताईन् ।
नेपाल प्रहरीका पूर्व डिआइजी पार्वती थापामगरले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरी शुरु गरिएको कार्यक्रममा आप्रवासी कानून, स्वास्थ्य बिमा र करको बारेमा वक्ताहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । आप्रवासी कानूनका बारेमा वरिष्ठ अधिवक्ता रमेश श्रेष्ठले, स्वास्थ्य बिमाका बारेमा हरिश हमाल र करको बारेमा पशुपति श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेपछि सहभागी महिलाहरुबीच छलफल कार्यक्रम संचालन गरिएको थियो । संस्थाका सचिव वन्दना राई र मच्छे गुरुङले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा महिलाहरुको सामाजिक, आर्थिक र साँस्कृतिक विकासका लागि फिवनाले गरिरहेको कामको बारेमा संस्थाका अध्यक्ष संगिनी रानामगरले जानकारी गराएका थिए । कार्यक्रममा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका निवर्तमान अध्यक्ष लुइसाङ वाइवा, फिप्नाका सभामुख विनोद पोमो, गुरुङ तमु सोसाइटीका सदस्य जंग बहादुर गुरुङ, किरात राई सोसाइटी अप अमेरिकाका भारती राई, यूनाइटेड किरात राई एशोसिएसनका उपाध्यक्ष मुना राई, फिप्नाका न्युह्याम्सायर च्याप्टरका अध्यक्ष सुन्दरी गुरुङ, अधिवक्ता छत्र गुरुङ, अधिवक्ता इन्दिरा श्रीस मगर, अधिवक्ता मनु दाहाल, समाजसेवी कुन्ती थापा, रिजवुड नेपाली समाजका अध्यक्ष रविकिरण कोइराला लगायत विभिन्न क्षेत्रका महिलाहरु उपस्थित थिए । फिवनाले, आदिवासी महिलाहरुलाई दुख पीडा परेको बेला समूहगत रुपमा जुटेर सहयोग गर्दै आएको छ ।
कार्यक्रममा स्वयंसेवक गरेर सहयोग गर्ने १० जनालाई प्रशंशापत्र प्रदान गरिएको थियो । पत्रकार मच्छे गुरुङ, लगायत अन्य ९ जनालाई प्रशंशापत्र प्रदान गरिएको हो ।