नन्द बहादुर पुन उपराष्ट्रपतिमा निर्वाचित

२०७४ चैत्र ४, आईतवार १९:४६

काठमाडौं । उपराष्ट्रपतिको पदमा नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आइताबर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा नन्द बहादुर पुनको मात्र उम्मेदवारी कायम हुन आएकोले निर्वाचन अधिकृतको कार्यालयले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

आजै आयोगले पुनलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।