२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

आजदेखि SEE, परीक्षार्थी ४  लाख ८५ हजार ५ सय ८६


८ चैत्र २०७४, बिहिबार  

0
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को यस बर्षको परीक्षा आज देखि शुरु भएको छ । विद्यार्थीले पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी र वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा दिईरहेका छन् ।

यस बर्षको परीक्षामा सहभागी हुन देशभरबाट ४  लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले फारम भरेका छन् । परीक्षा सञ्चालनका लागि तय गरिएका १ हजार ९ सय ५६ केन्द्रमा चुस्त तयारी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रति केन्द्र एक जना केन्द्राध्यक्ष सहित २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७ सय ६२ जनशक्ति परिचालित गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहिबार  ९ : ०२ बजे