शुभप्रभात राई/काठमाडौं
नेपाल तामाङ पत्रकार संघको अध्यक्षमा निवर्तमान महासचिव विष्णु मोक्तान निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार काठमाडौंको अनामनगरस्थित तमु बौद्ध संघको सभाहलमा सम्पन्न पाँचौ महाधिवेशनबाट मोक्तान निर्विरोध निर्वाचित भएका हुन् । खोटाङका मोक्तान हाल नागरिक दैनिकमा कार्यरत छन् ।
अध्यक्षमा निर्वाचित भएपछि मोक्तानले तामाङ पत्रकार संघलाई संघीय संरचनामा लाने र तीन वर्षको खाका बनाएर ऐतिहासिक काम गर्ने प्रतिबद्धता जनाए ।
तामाङ सञ्चार समूहको नाम महाधिवेशनबाट परिवर्तन गरी तामाङ पत्रकार संघ राखेको छ ।
संघको महिला उपाध्यक्षमा लक्ष्मी रुम्बा र पुरुष उपाध्यक्षमा सुवाष योञ्जन निर्वाचित भए ।
महासचिवमा बुद्ध योञ्जन, सचिवमा पेमा लामा, कोषाध्यक्षमा तीर्थमान वल निर्वाचित भए ।
खुल्ला केन्द्रीय सदस्यमा महिलातर्फ डोल्मा छिरिङ तामाङ, रोजिना तामाङ, बबिता घिसिङ र पुरुष खुल्लातर्फ लालकुमार मोक्तान, नेत्र तामाङ मोक्तान, सुरेन्द्र तामाङ, स्वतन्त्र तामाङ र सरस्वती तामाङ रहेका छन् ।
सञ्चार समूहका निवर्तमान अध्यक्ष जगत दोङलाई पदेन सदस्यको जिम्मेवारी चयन गरेको छ ।
त्यसैगरी महाधिवेशनले प्रदेश १, २ र ३ मा समेत सदस्य चयन गरेको छ । यसरी सदस्य चयन हुनेहरुमा प्रदेश १ मा पुरुषबाट विक्रम तामाङ, विश्वराज तामाङ र महिलामा मालती मोक्तान रहेका छन् । त्यसैगरी प्रदेश २ मा बमबहादुर बमजन रहेका छन् । प्रदेश ३ मा पुरुष तर्फ उर्गेन लामा, सुभराज बम्जन, शिशिर दोङ र महिलातर्फ अन्जु दिम्दुङ, दुदुमाया सिङतान रहेका छन् ।
निर्वाचितलाई निर्वाचन समितिमा अध्यक्ष मण्डलका अध्यक्ष रवीन्द्र तामाङले पद तथा गोपनियताको सपथ दिलाएका थिए ।
निर्वाचन समितिमा अध्यक्ष मण्डलका अध्यक्ष रवीन्द्र तामाङ, ध्यानबहादुर मोक्तान, रमिता लामा, प्रतीक ङेसुर र अमरध्वज लामा थिए ।
महाधिवेशन कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले उद्घाटन गरेका थिए ।