काठमाडौं । काठमाडौं तामाङ पत्रकार संघले शनिबार निर्वाचत तामाङ पत्रकार संघको कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ ।
काठमाडौंको जमलस्थित होटल प्यासिफिकमा काठमाडौं शाखाका अध्यक्ष युनकि रक्षे घ्लानले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा संघका अध्यक्ष विष्णु तामाङले काठमाडौं शाखाका साथीहरुलाई बधाइ तथा धन्यवाद व्यक्त गरेका थिए।
त्यसैगरी उपाध्यक्ष लक्ष्मी रुम्बाले शाखा र केन्द्रबीच समन्वय गरी तामाङ पत्रकारको हितमा काम गर्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा काठमाडौं शाखाका तर्फबाट कोषाध्यक्ष अर्जुन पाख्रिन तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।