गत शनिबार अमेरिकी सडकमा हजारौ युवकहरु, सयौ सस्थाहरु र कैयो अधिकारकर्मिहरुले हातमा प्लेकार्ड बोकेर बन्दुकहिंसा विरुद्धको जुलुस गरेका थिए । उनीहरुले बन्दुक हिंसाको कारण अमेरिकी विद्यालयहरुमा धेरै अबोध बालबालिकाहरुको हत्या भएकोमा दुखित हुदै सरकारलाई तत्काल बन्दुक नियन्त्रणको माग गरेका थिए ।
जुलुस एकै साथ अमेरिकाको एक दर्जन भन्द बढि विभिन्न राज्यहरुबाट निस्केका थिए । बन्दुक विरुद्धको जुलुसमा विभिन्न मुलुकको कैयो सस्थाहरुको साथै नेपालको प्रतिनिधित्व गदै एनआरएनएले नेपाली समुदायको सर्वै सस्थाहरुलाई आव्हान गदै सहाभागीता जनाएका थिए । ‘ कर्मभुमी अमेरिकामा सवैको जीवन रक्षा, सुरक्षा र हत्याहिंसा विरुद्धको अभियानमा हामी नेपालको तर्फबाट सहाभागीता जनाएको हो’ एनआरएन आइसिसिका सदस्य कुङगा शेर्पाले बताए ।
उनका अनुसार भेलामा प्राय सवै नेपाली समुदायिक सस्थाको प्रतिनिधित्व हुनुको साथै एनआरएनए आइसिसिको सदस्यहरुको उपस्थिति रहेका थिए । शेर्पा संगै आइसिसिका अन्य सदस्यहरुमा बन्दना कोइराला, विष्णुमान प्रधान र गोमा सेन, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीको पनि उपस्थिति रहेका थिए । उनीहरुसंगै विभिन्न नेपाली समुदायको प्रतिनिधिहरुको पनि उपस्थिति रहेका थिए । जुलुसमा सहाभागीहरुले हातमा बन्दुक विरुद्धको नाराको प्लेकार्डको साथै आ आफनै सस्थाको लोगो अंकित व्यानरहरु बोकेका थिए । स्मरणरहोस केही महिना अघि प्लोरिडाको पार्कचेष्टरस्थित विद्यालयमा एक व्यक्तिले चलाएको बन्दुकले १७ जना विद्यार्थीहरुको हत्या गरेको थियो । विद्यालयमा जथाभावी बन्दुक चलाउन थालेपछि चिन्तित लाखौ बालबालिकाहरुले पनि वासिङटनडिसिमा विशाल जुलुस गरेका छन ।