ललितपुर। नेपाली कांग्रेसका पूर्वमहामन्त्री नेता खुमबहादुर खडकालाई श्रदाञ्जली दिन उनकै निवासमा पार्टी नेता तथा कार्याकर्ता पुगेका छन् ।
आईतवार ललितपुर सानेपा हाइटस्थित खड्का निवासमा उनलाई अन्तिम श्रदाञ्जली दिन नेता तथा कार्याकर्ता पुगेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत श्रद्धञ्जली दिन पुगेका थिए ।
मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर शनिबार राति ११ बजे काठमाडौं ल्याइएको हो।
दिवंगत खुमबहादुर खड्कालाई १ बजे सम्म उनकै निवास सानेपामा श्रदाञ्जली दिईने, १ बजेपछि कांग्रेस पार्टी कार्यालय सानेपा लगिने छ । त्यहाँबाट अन्तिम संस्कारका लागि आर्यघाट लगिने नेपाली कांग्रेसले जनाएको छ ।