२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

खुम्बुभित्र पर्यटन पेशामा संलग्नालाई परिचय पत्र लिनु आह्वान: पत्र लिनेलाई यस्तो सुविधा


२० चैत्र २०७४, मंगलबार  

0
Shares

काठमाडौं: खुम्बु पासाङल्हामु गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्यटनसँग सम्बन्धित पेशामा संलग्न हुनेलाई परिचय पत्र लिन आह्वान गरेको छ। परिचय पत्र गाउँपालिकाले प्रदान गर्ने गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए।

चैत १८ गतेदेखि परिचय पत्रको व्यवस्था गरिएको र कार्यालय समयभित्र निवेदन दिएर परिचयपत्र लिन सक्ने गाउँपालिकाले जनाएको छ।

परिचयपत्र लिनेलाई सुविधासमेत घोषणा गरेको छ। विरामी भएमा ५० हजार र मृत्यु भएमा १ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिइने गाउँपालिकाले जनाएको छ। यसैगरी लुक्ला क्षेत्रमा न्यानो कपडाको व्यवस्थासमेत गर्ने जनाएको छ।

विश्वकै अग्लो हिमाल सगरमाथा यही गाउँपालिकामा अवस्थित छ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार  ६ : २३ बजे