प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच वान टु वान भेट
२०७४ चैत्र २३, शुक्रबार २२:०१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा भारतीय समकक्षी नरेन्द्र मोदीसँग उनको निवास पुगी भेट गरेका छन् ।
तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नयाँ दिल्लीको लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री निवासमै पुगेर मोदीसँग ‘वान टु वान’ भेट गरेका हुन् ।
दुई देशबीच प्रतिनिधि मण्डलस्तरीय वार्ता भने भोलि हैदरावाद हाउसमा हुनेछ ।