नेपाली कथानक चलचित्र ‘भैरे’ बजारमा प्रर्दशन हुन अगावै यसको गीत चर्चा आएका छन । चाडै प्रर्दशन हुन लागेको यो चलचित्रको गीत लाखौ दर्शकले हेरेको खुसीयालीमा चलचित्र टिमले न्युयोर्कमा केक काटेर खुसी मनाएका छन । प्रेम प्रसाद पौडेलद्धारा निर्मित चलचित्र भैरेको गीतहरुमा ‘ सान्नानीलाई भेटन आउदा ‘ को म्युजिक भिडियो दशौ लाख दर्शकहरुले हेरिसकेका छन । चलचित्र अभिनेता नायक विक्रन्त बस्नेत, निर्माता पौडेल र उनका सहयोगीहरुले शेर्पा किदुगको भवनमा आयोजित एनआरएन कार्यक्रममा केक काटेर ख्वाएका थिए ।
कार्यक्रममा नेपाली कन्सुलेटका नायब महाबाणिज्यदुत पुष्प भट्टराई र एनआरएन एनसिसि अमेरिकाका अध्यक्ष डा केशव पौडेलले चलचित्र ‘ भैरे ‘ को केक काटेका थिए । उक्त अवसरमा नेपाली कन्सुलेटका नायब महाबाणिज्यदुत पुष्प राज भट्टराई, एनआरएनका पुर्व क्षेत्रिय संयोजक सोनाम लामा, गायक यम बराल लगायत विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । आगामी महिना नेपालको विभिन्न स्थानहरुमा प्रर्दशन हुन लागेको चलचित्र मौलिक नेपाली कथामा आधार बनाएर ग्रामीण जनजीवनको ‘भैरे ‘ को कथा बस्तुलाई समेटेको निर्माता पौडेलले बताए । यो चलचित्र नेपालसंगै अमेरिकाको विभिन्न राज्यहरुमा समेत आगामी महिना प्रर्दशन गर्न लागेको उनले बताए ।