फूलमान तामाङ/नवलपुर
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका द्वारा आयोजित प्रथम इन्द्रावती गाउँपालिका महोत्सव सिन्धुपाल्चोक कै ऐतिहासिक रूपमा भव्यता का साथ महोत्सव को पहिलो दिन सम्पन्न भएको छ।
कार्यक्रम को प्रमुख अतिथिका रूपमा माननीय कानुन मन्त्री शेरबहादुर तामाङ उपस्थित भए । उनले बिरुवामा पानी हाल्दै इन्द्रावती महोत्सव को उद्घाटन गरे। कार्यक्रम विशेष अतिथिका रूपमा ३ नम्बर प्रदेश का सामाजिक विकास मन्त्री युवराज दुलाल उपस्थित थिए।
कार्यक्रममा मन्त्री दुलालले नव वर्ष को अवसर शुभकामना व्यक्त गर्दै विकास निर्माण को कुरामा जोड दिए। महोत्सव मा इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ उपाध्यक्ष मिरा अधिकारी लामा,१२ वडा का वडाध्यक्ष वडा सदस्य एवम् गाउँपालिका का कर्मचारी विभिन्न पार्टी का प्रतिनिधि एवम् इन्द्रावती बासीको बाक्लो उपस्थिति थियो।
इन्द्रावती को चिनरी सहित गाउँपालिका वडा बासीहरू ले विभिन्न स्थानीय रितिरिवाज,धर्म सस्कृतिक को संरक्षण र सम्वर्धन को निमित्त स्थानीय सस्कृती पन झल्किने खाले वडा १ वटा झाँक्री नाच प्रदर्शन गरेका थिए वडा २ वटा लामा नाच प्रस्तुत गरे।
त्यस्तै वडा ५ वटा नेवारी सस्कृती झल्किने माखप्याका नाच प्रदर्शन गरे । त्यस्तै वडा ७ वटा ब्यान्ड बाजा,वडा ४ वटा तामाङ सस्कृती झल्किने डम्फु नाच तथा गीत प्रस्तुत गरे।वडा ६ वटा खैजाडी भजन प्रस्तुत गरे।त्यस्तै वडा ८ वटा होइ च्याङबा गीत म नाच प्रस्तुत गरे। त्यस्तै महोत्सव मा १० ओटा स्टलमा विभिन्न सामाग्री हरू प्रदर्शन तथा किनबेच गरे।कार्यक्रम स्थानीय कलाकार हरू बेजोड गीत तथा नाच मार्फत इन्द्रावती बासी लाई मनोरञ्जन तथा झुमाए।
महोत्सव मा स्वागत मन्तव्य भने इन्द्रावती ३ का वडाध्यक्ष एवम् इन्द्रावती महोत्सव एवम् अध्यक्ष कप कार्यक्रम मूल समारोह समिति का सम्योजक देव प्रसाद बानियाँले राखे।
महोत्सव को समापन आज हुँदै छ। प्रमुख अतिथि का रूप मा अनुराधा कोइराला आइपुग्ने छन्।