काठमडौं । मिनि सुपर स्टार २०१८ को फाइनल राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा शुक्रबार हुने भएको छ । मार्निङ स्टार मिडियाको आयोजनामा हुन लागेको यस प्रतिस्पर्धामा १४ जना बालबालिका सहभागी हुँदैछन् ।
दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रमको मेघा टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने आयोजकले जनाएको छ । प्रतियोगीलाई १५ दिने तालिमपछि ट्यालेन्ट शो मा सहभागी गराइएको थियो । ठमेलस्थित अतिथि सत्कार रेष्टुरेन्टमा भएको ट्यालेन्ट राउन्डबाट छानिएका प्रतिस्पर्धी फाइनलमा सहभागी हुदैछन् ।
विद्यार्थीको बिदाको समय सदुपयोग गर्न र लुकेका प्रतिभा प्रस्फुटन गराउन कार्यक्रम आयोजना गरिएको मिडियाकी प्रबन्ध निर्देशक सोनी श्रेष्ठले बताइन् ।