२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

न्युयोर्कमा सिन्धु साँझः सहयोगीहरू सम्मानित


४ बैशाख २०७५, मंगलबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

सिन्धुपाल्चोक जिल्लाको सामाजिक सेवामा क्रियाशील सिन्धु वेलफेयर सोसाइटीले नयाँ वर्षको अवसर पारेर न्युयोर्कमा सिन्धु साँझ कार्यक्रमको आयोजना गरी सहयोगीहरूलाई सम्मान गरेको छ । सिन्धुपाल्चोकको अनाथ बालबालिकाको शिक्षा सहयोगका लागि आयोजना गरिएको कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो ।

सन् २०१० मा स्थापित सिन्धुको यो आठौँ कार्यक्रम हो । उक्त कार्यक्रममा विगत झैँ यस पटक पनि संस्थाको भावना अनुरूप सिन्धुपाल्चोक जिल्लालाई सहयोग गर्न तयार सहयोगी देखिए । पहिलो र दोस्रो चरणमा भएको कार्यक्रममा शुभकामना मन्तव्य र सांस्कृतिक कार्यक्रम भएको थियो ।

कार्यक्रममा सिन्धु सोसाइटीले जिल्लाको हितमा अहिलेसम्म गर्दै आएको कार्यबारे प्रशंसासहितको मन्तव्य सहयोगी मानो शर्माले दिएकी थिइन् । त्यस्तै सोसाइटीको तर्फबाट अतिथिहरूलाई स्वागत गर्दै संस्थाको बारेमा जानकारी उपाध्यक्ष दावा लोबा ह्योल्मोले दिएका थिए । सोसाइटीका अध्यक्ष नुर्बु शेर्पाले जिल्लाको शिक्षा र टुहुरो बालबालिकाका लागि सहयोग गर्दै आएको सहयोगीलाई धन्यवाद दिँदै सबैको सहयोगमा संस्था अघि बढेको खुसी व्यक्त गरेका थिए ।


त्यस्तै नेपाली कन्सुलेटका वाणिज्यदुत कृषु क्षेत्रीले प्रवासमा स्थापित सोसाइटीले नेपालको सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गदै सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा सोसाइटीले वार्षिक रूपमा जिल्लाको अनाथ बालबालिकाहरूलाई आर्थिक सहयोग गदै आएको व्यक्तिहरूलाई सम्मान स्वरूप मायाको चिनोसमेत प्रदान गर्‍यो ।

औपाचारिक कार्यक्रमपछि सांस्कृतिक कार्यक्रममा गायक सन्जोग योञ्जन, रेसमा सुनुवार, हास्य कलाकार गोपाल नेपाल (फिस्टे) र वसन्त डान्स सेन्टरका कोरियोग्राफर विजय नकर्मी र युएस नेपाल डान्स सेन्टरका नवीन श्रेष्ठले नृत्य प्रस्तुत गरेका थिए । सिन्धु सोसाइटीले अहिले विद्यालय निर्माण गर्नका साथै १४ जना अनाथ बालबालिकालाई शिक्षा दिइरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलबार  ६ : ०७ बजे