काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । मालिन्दको विमान बिहीबार राति १० बजे धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर जोतिएको थियो ।
उक्त जहाजमा १३९ यात्रुहरु थिए । चालक दलका सदस्य र यात्रु सबै सकुशल रहेका छन् । जहाजको अघिल्लो भाग जमिनमा जोतिएपछि उद्धारकर्मीको टोलीले तत्काल उद्धार गरेका थिए ।