११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

बुद्ध जयान्तीमा रिम्पोचेको दर्शन , अभिषेकसंगै ‘ दोमाङ ‘ पाइने


Ang

१३ बैशाख २०७५, बिहिबार  

0
Shares

विश्व शान्तिको प्रतिक गौतम बुद्धको २५६२ औं जन्म जयन्ती न्युयोर्कमा यही २९ तारिख विशेष कार्यक्रमको साथ मनाउने भएको छ । हिमालयन बुद्धिष्ठ कम्युनिटिको आयोजनामा हुन लागेको बुद्ध जयान्ती शाक्य टि्रजेन रिम्पोचेको प्रमुख आतिथ्यमा हुने भएको छ । कार्यक्रममा उपस्थित हुनेहरुलाई २० डलर, ३५ डलर र ५० डलर टिकट दर तोकिएको छ । विहानी पुजासंगै हुन लागेको बुद्ध जयान्ती कार्यक्रममा रिम्पोचेले बुद्धको प्रवचन र अभिषेकसंगै नेपाली भाषामा अनुवादीत बौद्ध धर्मका प्रमुख धार्मिक ग्रन्थ दोमाङ पनि वितरण गर्न लागेको आयोजक सेनग्याल्जेन हृयोल्मोले बताए ।

‘ बुद्ध जयान्तीको विशेष दिनमा बुद्धले विभिन्न अवसरमा दिनु भएको मन्त्रहरुको सांगालो ‘दोमाङ ‘सर्वसाधारणलाई रिम्पोचेको बाहुलिबाट दिन पाउदा निकै खुसी लागेको छ’ । हिमालयन बुद्धिष्ठ कम्युनिटिका उपाध्याक्ष सेनग्याल्जेन हृयोल्मोले बताए । उनका अनुसार कार्यक्रममा दोमाङ अनुवादक खेन्पो वागिन्द्र शिलाले रिम्पोचेको प्रवचनको नेपालीमा अनुवाद गर्ने भएको छ । खेन्पो वागिन्द्र शाक्य रिम्पोचेकै गुम्बाबाट खेन्पो बनेका धर्म गुरु हुन । उनी वेलयतपछि दुई महिना अघि नेपाली भाषामा अनुवादीत दोमाङसंगै अमेरिका आइपुगेका हुन ।

विहान र दिउसोको बुद्ध जयान्ती कार्यक्रम टिकट कटेर जानु परेपनि बेलुकी ७ बजे शेर्पा किदुगमा हुन लागेको विश्व शान्तिको दिप प्रज्वलन सहितको प्रर्थाना प्रणिधान मोन्लन कार्यक्रम निशुल्क रहेको छ । बुद्ध जयान्तीको दिन नेपाली भाषामा अनुवाद गरिएकेा ‘दोमाङ’ लिन चाहनेहरुले सेनग्याल्जेन हृयोल्मो 646 262 6616 र आङछिरिङ शेर्पा 347 741 1522 लाई सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहिबार  ८ : ०५ बजे