सांसद नवीना लामाको बिहेमा ओलीदेखि देउवासम्म, 33 फोटोमा हेर्नुस्

२०७५ बैशाख १३, बिहीबार १९:०१

काठमाडौं । अनेरास्ववियुकी केन्द्रिय अध्यक्ष तथा प्रतिनिधि सभाकी सांसद नवीना लामा र अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठको बिवाहमा शुभकामना दिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्म पुगेका छन् ।

प्रधानमन्त्री ओली दिउँसो १ बजे आइपुग्ने कार्यक्रम रहे पनि उनी ३ बजेमात्र शुभकामना दिन आइपुगे। कांग्रेस सभापति भने एक बजे नै शुभकामना दिन पुगे ।

सांसद लामाको बिहेमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,  नेताहरु प्रकाशमान सिंह, धनराज गुरुङ, चन्द्र भण्डारी लगायत पुगेका थिए ।

यसैगरी एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सभामुख कृष्णबहादुर महरा, मुख्यमन्त्री शेरधन राई, शंकर पोखरेललगायत पनि पुगे ।

बिहेका निम्तालुलाई डम्फु बजाएर खादा लगाउँदै स्वागत गरिएको थियो भने भोजमा जेरी, नम्किन, समोसा व्यवस्था गरिएको थियो।

सम्बन्धित समाचार