२७ आश्विन २०८१, आइतबार | Mon Oct 14 2024

न्युयोर्कमा बुद्धजयान्ती


Ang

१८ बैशाख २०७५, मंगलबार  

0
Shares

  

विश्व शान्तिको प्रतिक भगवान गौतम बुद्धको २५६२ औ बुद्ध जयान्ती अमेरिकाको न्युयोर्कमा हिमालयन बुद्धिष्ठ कम्युनिटिले शाक्य रिम्पोचेको प्रवचन र अभिषेक सहित बुद्ध जयान्ती मनायो । अपि्रल २९ तारिख आइतबारको दिन ज्याक्सनहाइटस्थित भ्यालाजिनो हलमा उपस्थित सहाभागीहरुले धार्मिक प्रवचनको साथै रिम्पोचेबाट अभिषेक प्राप्त गरेका थिए । यस पटकको बुद्ध जयान्ती कार्यक्रममा आयोजकले सहाभागीहरुलाई २० देखि ५० डलरको टिकटको व्यवस्था गरेका थिए । रिम्पोचेको उपस्थितीले कार्यक्रम हल खचाखच भरिएको थियो ।

कार्यक्रममा रिम्पोचेबाट शाक्यमुनि बुद्ध र अवलोकेतश्वरको बारेमा र दिवाभोजनपछि त्रिरत्न अर्थात धर्म रत्न संघको बारेमा प्रवचन र अभिषेक दिएका थिए । प्रवचनको क्रममा रिम्पोचेले विदेशको दैनिक व्यस्त जीवनमा पनि बुद्ध धर्मलाई अपनाएर अभ्यास गर्न सकिने शिक्षा र उपाय प्रशिक्षण दिएका थिए ।

रिम्पोचेले तिब्बतीयन भाषामा दिएको प्रवचनलाई खेन्पो वागिन्द्र शिलाले नेपाली भाषामा अनुवाद गरेका थिए । उक्त अवसरमा विभिन्न समुदायहरुका लामाहरु तथा सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । आयोजक हिमालयन बुद्धिष्ठ कम्युनिटिका प्रतिनिधिहरुले बौद्ध धर्म गुरुहरुको दिर्घायु र सुस्वाथ्यको कामना गदै रिम्पोचेलाई काया वाक र चित्तको रत्न मण्डाल चढाएका थिए । रिम्पोचेको प्रवचन र अभिषेक कार्यक्रमपछि खेन्पो वागिन्द्र शिलाले नेपाली भाषामा अनुवाद गरिएको दोमाङको महत्वको बारेमा प्रवचन दिनुका साथै दोमाङ लिन चाहनेहरुलाई वितरण गरेका थिए । खेन्पोले यो २१ शताब्दीमा पनि कतिपय व्यक्तिहरु बौद्ध धर्म कुरा नबुझेरै छोडेका बताउदै सबैले बौद्ध धर्मका कुराहरु बुझनु जरुर भएको बताएका थिए । हिमालयन बुद्धिष्ठ कम्युनिटिले यस अघि ज्याक्सनहाइटमा बुद्ध प्रतिमा बोकेर शान्ति पदयात्रा गरि दिउसो रक्तादान र निशुल्क स्वस्थ्य शिविरका साथ बुद्ध जयान्ती मनाएको थियो ।

 

बुद्ध जयान्तीमा किदुगमा दिप प्रज्वलन
भगवान बुद्धको २५६२ औ बुद्ध जयान्तीको अवसरमा शेर्पा किदुगले २९ तारिख आइतबारको बेलुकी बुद्ध जयान्तीको उपलक्ष्यमा आफनै गुम्बामा बत्ति बाल्ने कार्यक्रम आयोजना गरियो । कार्यक्रममा किदुगका आवतारि लामा टुल्कुले भगवान बुद्ध जयान्तीको उपलक्ष्यमा बालिएको दिपप्रज्वलनको मन्त्र पाठ गरेका थिए । उक्त अवसरमा किदुगका दर्जनौ लामा गुरुहरु तथा विभिन्न समुदायका व्यक्तिहरुको उपस्थिति रहेका थिए । बेलुकी ६ बजेदेखि १० बजेसम्म दिप प्रज्वलन भएको कार्यक्रममा उपस्थित सवैले हातमा बत्ति लिएर भगवान बुद्धप्रति प्रार्थना गरेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलबार  ८ : ४१ बजे