नेपाल डे परेडको बारेमा भइरहेको विवाद अन्तत मिलेको छ । न्युयोर्कमा भएको लामो छलफलपछि मे २ तारिख कन्सुलेटमा भएको बैठकले सवै सस्था मिलेर गर्ने भनी सहमति भएको छ । नेपाली बाणिज्यदुताबासको रोहबरमा सम्पन्न भएको बैठकले आगामी मे २० तारिख तोकिएको नेपाल डे परेड सबैले मिलेर गर्ने सहमति भएको हो । बैठकमा नेपाल डे परेड गर्ने भनेर हालै स्थापना गरेको सस्था नेपाल डे परेड इन्क, जनजाती महासंघ फिपना, एनआरएन, शेर्पा किदुग लगायत विभिन्न सस्थाहरुको उपस्थिति रहेको थियो ।
बैठकमा भएको छलफलले विभिन्न बुद्धामा सहमति गरियो । नेपाल डे परेड इन्कका प्रतिनिधि तथा फिफनाका निवर्तमान अध्यक्ष लुइसाङ वाइवाले न्युयोर्कमा दुई पटक नेपाल डे परेड गर्दा फिफनाको नाममा संकलित रकमको आयव्यायको विवरण र बचेको नगद फिफनालाई ७ दिनभित्र बुझाउने र नगद बुझेको लगतै फिफनाले हालै बनेको नेपाल डे परेड इन्कको तर्दर्थ समितिलाई बुझाउने सहमति भयो । नेपाल डे गर्दाकेा हिसाव र अफिसियल कागजपत्र बुझाए लगतै फिफनाले निवर्तमान अध्यक्ष तथा नेपाल परेड इन्कका प्रतिनिधि लुइसाङ वाइवा र फिफनाको उपाध्याक्ष मंगलदास माथि लगाएको उजुरि, सवै मुद्धाहरु र आन्तरिक कर्वाही समेत तत्काल फिर्ता लिने सहमति भयो ।
सहमतिमा नेपाल डे परेड सञ्चालनको लागी गठन गरिएको स्टेरिङ कमिटिलाई आवश्याक अनुसार थप गर्ने निर्णय समेत गरियो । हाललाई यसको संयोजन फिफनाले गर्ने भनी बैठकले विभिन्न सस्थाका प्रतिनिधिहरु सम्मिलित तदर्थ समिति समेत गठन गरेको छ । समितिमा राजकुमार विष्ट फिफना, लुइसाङ वाइवा नेपाल डे परेड इन्क,रामहरि अधिकारि एनआरएन न्युयोर्क च्याप्टर, महेश मल्ल जन सम्पर्क समिति न्युयोर्क च्याप्टर, रवि कोइराला रिज्युउड नेपाली सोसाइटी, कृष्ण लामीछाने प्रवासी नेपाली मञ्च, विनोद पोमु फिफना संघीय प्रमुख, मोहन वाइवा युएस नेपाल स्पोटर्स एण्ड कल्चर इन्क, सुमन बुढामगर कलाकार संघ, मनोजसिंह माआ, उर्गेन शेर्पा शेर्पा किदुग, तेन्जिङ उक्याप, आङछिरिङ शेर्पा पत्रकार, सन्जय थापा सहजकर्ता, बन्दना कोइराला एनआरएन आइसिसि रहेका छन ।