३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

कांग्रेस उप सभापतिमा निधि, महामन्त्रीमा खड्का, सहमहामन्त्रीमा महत


२१ बैशाख २०७५, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उप सभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई मनोनित गरेका छन् । सह महामन्त्रीमा डाक्टर प्रकाशशरण महत मनोनित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पदाधिकारी मनोनयन गर्न बसेको बैठकमा निर्वाचित केन्द्रीय समिति सदस्यहरुमात्र सहभागी थिए । कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधरले पूर्ण केन्द्रीय समिति बैठकबाट मात्र पदाधिकारी मनोनयन गर्न माग राख्दै आएको भए पनि देउवाले स्वीकारेनन् ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार  ६ : ४२ बजे