काठमाडौं । नेपालकै नम्बर वान लेडी गल्फर हुन् प्रतिमा शेर्पा । । रोयल नेपाल गल्फ क्लबको सहयोगमा गल्फ यात्रा तय गरेकी उनले अहिलेसम्म ३२ टुर्नामेन्ट जितिसकेकी छन् । १८ वर्षीय प्रतिमा घरेलु गल्फ कोर्समा सर्वाधिक उपाधि जित्ने महिला गल्फर हुन् । त्यसैले तीन महिनाअघि उनलाई गल्फ क्लबले नेपालको नम्बर वन नेपाली लेडी गल्फको उपाधि प्रदान गर्यो।
हालै उनले अमेरिका पुगेर गल्फ कोर्स पनि गरिन् । पछिल्लोपटक भने उनले अमेरिकामा विश्व चर्चित गल्फ स्टार टाइगर उड्ससँग फ्लोरिडामा भेट गरिन् ।
उक्त भेटलाई लिएर टाइगर उड्सले ट्वीट गर्दै प्रतिमा आश्यचर्यजनक खेलाडी भएको बताएका छन् । ट्वीटमा उनले प्रतिमाको प्रदर्शनबाट धेरै कुरा सिक्नु पर्ने भन्दै लेखेका छन्,‘उनको दृढता, मेहेनत र कडा संकल्पबाट हामिले धेरै कुरा सिक्नु पर्छ ।’
उड्ससँग भेटेपछि निकै खुसी भएको प्रतिमाले सुनाएकी छिन् । ‘उड्ससँग भेट्न पाएक दिन मेरो जीवनकै स्मरणीय दिन रहनेछ, उड्ससँग भेट्न पाउँदा निकै खुसी लाग्यो,’ प्रतिमाले भनिन् ।
‘दाउरालाई गल्फ स्टिक मानेर घुमाउँदा गल्फ खेल्ने मौका पाएँ’