११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

मोदीको नेपाल भ्रमणबारे परराष्ट्रमन्त्री ज्ञवालीद्वारा सदनलाई जानकारी


२६ बैशाख २०७५, बुधबार  

0
Shares

काठमाडौं । पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लागेको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी गराएका छन् ।

ज्ञवालीले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसित भारतीय प्रधानमन्त्री मोदीको शिष्टाचार भेट हुने कार्यक्रम रहेको जानकारी दिए ।

सोही दिन प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आपसी हितका बिषयमा कुराकानी हुने र संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नुहुने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।

भारतीय प्रधानमन्त्री मोदीले ऐतिहासिक जनकपुर र मुक्तिनाथको भ्रमण गर्नुहुने तथा भारतीय प्रधानमन्त्रीलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दनसमेत गरिने कार्यक्रम रहेको उनले बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा रामायण सर्किटको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमणले दुबै देश बीचको सम्बन्धमा नयाँ आयम थप गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार  ७ : ४९ बजे