काठमाडौं । नेपाल भ्रमणपूर्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा तीन ट्वीट गरेका छन् । ट्विटरबाट उनले प्रधानमन्त्री केपी ओलीको भिजन ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
प्रधानमन्त्री ओली प्रधानमन्त्री भएपछि पदबहालका क्रममा सिंहदरबारमा गरेको पहिलो घोषणा नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ थियो ।
म नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा ११ र १२ मे २०१८ मा नेपाल भ्रमण गर्दैछु । प्रधानमन्त्रीका हैसियतमा यो मेरो तेस्रो भ्रमण हुँदैछ ।
As Nepal enters a new era of consolidating the gains of a democracy and achieving economic growth, India remains a steadfast parter of the Nepal Government to implement their vision of ‘Samriddha Nepal, Sukhi Nepali.’ https://t.co/EJvRwsmRBw
— Narendra Modi (@narendramodi) May 10, 2018
व्यक्तिगत रुपमा म र हाम्रो वर्षौ पुरानो निकट सम्बन्धलाई भारतले दिएको उच्च प्राथमिकतालाई यसले प्रतिविम्वित गर्छ ।
गत महिनामा प्रधानमन्त्री ओलीको भारत भ्रमणलगत्तै मेरो नेपाल भ्रमण हुन लागेको हो। यस्ता नियमित उच्चस्तरीय भ्रमण र अन्तर्क्रियाले ‘सबका साथ, सबका विकास’ भन्ने उद्देश्यसहितको मेरो सरकारको ‘छिमेक पहिलो नीति’लाई प्रतिविम्वित गर्छ ।