१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ट्रम्प र किमबीच सिंगापुरमा वार्ता हुने: जुन १२ मिति तय


२७ बैशाख २०७५, बिहिबार  

0
Shares

काठमाडौंं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीचको वार्ता तय भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् । जुन १२ तारिख (जेठ २९ गते)  सिंगापुरमा वार्ता हुने उनले जानकारी दिएका छन् ।

‘किम जोङ उन र मेरो बहुप्रतीक्षित वार्ता जुन १२ मा सिंगापुरमा हुनेछ’, उनले ट्विटमा लेखेका छन्, ‘हामी दुवै विश्व शान्तिका लागि यसलाई निकै विशेष क्षण बनाउने प्रयास गर्नेछौँ ।’

 

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहिबार  ९ : ५७ बजे