काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पूर्ण विकासको लागि आफूले शेर्पाको भूमिका निभाउने वचन दिएका छन्।
राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाको अभिनन्दन ग्रहणपछि मोदीले नेपालको विकास सगरमाथाको बेसक्याम्पमा पुगेको र शिखर पुग्न बाँकी रहेको बताए। भने, ‘जसरी शेर्पाले सगरमाथा चढ्न सहयोग गर्छन्। त्यसरी नै नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार छ ।’
उनले भने, ‘नेपाल आफ्नो प्राथमिकता र आवश्यकतामा अगाडि बढोस। त्यसमा भारत काँधमा काँध मिलाएर अगाडि बढ्न तयार छ ।’