३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

अमेरिकामा मिस नेपाल नर्थ अमेरिकाको तयारी


Ang

३० बैशाख २०७५, आइतबार  

0
Shares

 

अमेरिकामा रहेका नेपाली युवतीहरुको प्रतिभा र सुन्दरतालाई अन्तराष्ट्रिय रुपमा चिनाउने लक्ष्य अनुरुप मिस नेपाल नर्थ अमेरिका २०१८ गर्न लागेको छ । अमेरिकामा लामो समय पछि हुन लागेको मिस नेपाल प्रतियोगिता यही अगष्ठको ११ तारिख न्युर्योकमा गर्ने भएको छ । प्रतियोगितामा भाग लिन चाहनेहरुको लागी आयोजकले शनिबार मे १२ तारिखदेखि आवेदन खुल्ला गरेको जनाएको छ । अमेरिकामा लामो समयदेखिन मिस नेपाल प्रतियोगिता लगायत विभिन्न कार्यक्रमको आयोजना गरिसकेका अनुभवी व्यक्तिहरु सम्मिलित आयोजक कमिटि बनेको छ ।

आयोजक कमिटिमा मिस नेपाल युएसएको सस्थापक निराकार उप्रेती सहसस्थापक तथा चेयरको रुपमा रहेको छ भने मिस नेपाल युएसएको सस्थापक तथा कोरियोग्राफर शैलेश श्रेष्ठ सहसस्थापक र बोर्ड मेम्बरहरुमा संयुक्त राष्ट्रसंघको युवा संयोजक जोलि आमात्य, मिस नेपाल युएसएका पुर्व सेकेण्ड रनर तथा नेपाल पर्यटन बोर्डका गुडविल एम्बसाडर नविना बस्नेत, सन २०१३ को मिस तामाङ विजेता र सन २०१४ को मिस नेपालको मिस टयालेन्ट र मिस बब्लि विजेता ल्हाक्पा तामाङ र समाजसेवि अर्जुन खडका बोर्ड मेम्बरको रुपमा रहेको छ । यो टिमसंगै न्युयोर्क लगायत अन्य विभिन्न राज्यहरुमा मिस नेपाल नर्थ अमेरिकाको प्रतिनिधिहरु छनौट गरिसकेको आयोजकले जनाएको छ । अमेरिकामा रहेको नेपाली युवतीहरुको प्रतिभा र सुन्दरतालाई अन्तराष्ट्रियस्तरसम्म पुर्‍याउने लक्ष्य अनुरुप मिस नेपाल नर्थ अमेरिका स्थापना गरेको हो’ सस्थाको सहसस्थापक तथा चेयर निराकार उप्रेतीले भने-‘ यो वर्ष मात्र होइन सयौ वर्षसम्म पनि महिला सशक्तीकरणको लागी टेवा पुर्‍याउ भन्ने लक्ष्य र सोचले अमेरिकामा पहिलो पटक ट्रेड मार्क बनाएर यो कार्यक्रम गर्न लागेको हो’ । शनिबार ज्याक्सनहाइटमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।


‘ लामो समयदेखिन यही क्षेत्रमा लाग्दै जादा विगतमा भोग्नु परेको समास्या र कमि कमजोरिलाई सुधादै व्यवस्थित रुपमा मिस नेपाल गर्नका लागी हामीले यो योजना बनाएको हो’ सस्थाको मिस नेपाल युएसको सस्थापक तथा सस्थाको सहसस्थापक शैलेश श्रेष्ठले भने-‘ अमेरिकामा लामो समयदेखिन मिस नेपाल आयोजना गर्दाको संघर्ष र मेहनेतलेनै यसलाई निरन्तरता दिन हौसायो ‘ । विगतमा मिस नेपाल गर्दाका सबै कमि कमजोरि बुझेरनै अब हामी व्यवस्थित रुपमा गर्नतिर लागेको श्रेष्ठले बताए ।

अमेरिकामा गर्न लागेको मिस नेपाल प्रतियोगिता युवतीहरुको व्यक्तित्व विकासको साथै यस कार्यक्रमबाट नेपालको सामाजिक क्षेत्रमा कार्य गदै आएको कुनै एक सामाजिक सस्थालाई पनि सहयोग गर्ने लक्ष्य लिएको आयोजक उप्रेतीले बताए । उनका अनुसार प्रतियोगितामा विजेतालाई गुडविल एम्बसडर बनाएर सामाजिक क्षेत्रमा पनि सहयोग गर्ने लक्ष्य लिएको छ । अमेरिकामा हुने मिस नेपालको लागी यो आयोजक टिमले यस अघि मिस नेपाल युएसए भइसकेकी सुजिता बस्नेत, आस्था श्रेष्ठ र बटिका राईलाई ब्राण्ड एम्बसडरको रुपमा राखिएकेा उनले बताए ।

प्रतियोगितामा सहाभागी हुने युवतीहरु नेपाली हुनुपर्नेछ भने १८ वर्षदेखि २७ वर्षसम्मको अविवाहित र ग्राजुयट गरेको हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहाभागी हुनेहरुले मे १२ तारिखदेखि जुन १५ भित्र आइपुग्ने गरि आवेदनको लागी आव्हान गरिसकेको छ । जुलाई १ मा छनौट गरेको सहाभागीहरुलाई अगष्ट ६ देखि ११ मा अन्तिम तालीम दिएर अगष्ठ ११ मा प्रतियोगिता गराउने भएको छ । प्रतियोगितामा विजेताले फष्ट रनर, सेकेण्ड रनर टाइटलसंगै मिस पपुलर, मिस फोटो जेनिक र मिस फोटो जेनिक हुने भएको छ । यी उपाधी जित्नेहरुको लागी नगद र अन्य विभिन्न पुरस्कार राखेको आयोजकले जनाएको छ । कार्यक्रम हुने स्थान र कोरियोग्राफको बारेमा चाडै जानकारी गराउने आयोजकले बताएको छ ।

तस्विर हाम्रो क्लिक डटकम

प्रकाशित मिति : ३० बैशाख २०७५, आइतबार  ७ : १४ बजे