११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

अबको कदम, शिक्षा र स्वास्थ्य क्षेत्रको सिन्डिकेटको अन्त्य – गृहमन्त्री थापा


१४ जेष्ठ २०७५, सोमबार  

0
Shares

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले अबको कदम, शिक्षा र स्वास्थ्य क्षेत्रको सिन्डिकेटको अन्त्य गर्ने दाबी गरे ।

सोमवार अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष आलोक रायमाझीको नेतृत्वको टोलिले गृहमन्त्री राम बहादुर थापा बादल लाई माग पत्र पेश गरेका हुन् ।

उक्त माग पत्रमा सहिद तथा बेपत्ता परिवार, शिक्षा, राजनीति संग सम्बन्धित मागहरू छिटोभन्दा छिटो पुरा गर्न माग गरेका छन् ।

भेटमा गृहमन्त्री राम बहादुर थापाले भने तपाईहरुले राखेका मागहरु अत्यन्त जायज, समय सान्दर्भिक, र महत्त्वपूर्ण छन, म यी मागहरु प्रति अत्यन्त सकारात्मक छु, यी मागहरु पुरा गर्ने दिशामा तत्काल हामी अगाडी बढ्ने बताए ।

रायमाझीले शिक्षा र स्वास्थ क्षेत्रको बिकृतीको बारेमा जानकारी र जिज्ञासा राख्दा गृहमन्त्री थापाले अबको कदम, शिक्षा र स्वास्थ्य क्षेत्रको सिन्डिकेटको अन्त्य गर्दै माफियाकरणको पनि अन्य गर्ने उनले बताए ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार  १० : ०६ बजे