२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

अर्थमन्त्री खतिवडाद्वारा सवा १३ अर्बको बजेट प्रस्तुत : बढेन तलबभत्ता, बढ्यो कैदीको सिदा


१५ जेष्ठ २०७५, मंगलबार  

0
Shares

काठमाडौं: केपी वली सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले आज आर्थिक वर्ष २०७५/७६ को बजेट संघीय संसदमा पेश गरेका छन् ।

अर्थमन्त्री डा खतिवडाले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १४ करोड रुपैयाँको बजेट ल्याएका छन् ।

चालु आर्थिक वर्षको बजेटको आकारमा ३७ अर्ब रुपैयाँले बढाएर मन्त्री खतिवडाले बजेट ल्याएका हुन् । चालु आर्थिक वर्षको बजेटको आकार १२ खर्ब ७८ अर्बको थियो ।

यसपटकको बजेटमा कर्मचारीको तलब भत्ता बढेन भने कैदीको सिदामा केही वृद्धि भएको छ ।

यसैगरी कर बढाउने, भिजिट नेपाल २०२० कार्यक्रम, नाइस टुरिजम, नेपाललाई खुला दिसामुक्त बनाउन स्मार्ट शौचालय बनाउने, हिमाल आरोहीका लागि सुरक्षा बढाउने जस्ता निर्णय गरेको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलबार  ५ : ५२ बजे