१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राजुको सेलोलाई कर्मले भिडियो बनाए


१९ जेष्ठ २०७५, शनिबार  

0
Shares

एभरेष्ट टाईम्स् / न्युयोर्क

मान्छे जहाँ पुगे पनि आफ्नो थातथलोको मायामा निकै रमाउँछ र यसको विकासको लागि केहि गर्न खोजी रहन्छ । त्यस्तै भएको छ अमेरिकाको न्युजर्सी निवासी कर्म ढोन्डुप योन्जनलाई पनि । उनले हालै राजु लामाको आवाजमा रहेको एउटा नयाँ गीतको भिडियो निर्माण गरेका छन् । सुसन लामाको शब्द र ‍सँगीत रहेको ‘घर मेरो पूर्ब’ बोलको सेलो गीतमा आफ्नो थातथलो रामेछाप स्थित प्रशिध्द पोङ्ती गुम्बा, सैलुङ डाँडाको महादेव गुफा, दोरम्बा डाँडाको घिसिङ राजाको दरवार आदीको बर्णन भएकोले यी ठाउँहरुको प्रचार प्रसारको लागि उक्त भिडियो सहायोगी हुन पुगोस् भन्ने उध्देश्यले भिडियो निर्माण गरेको बताए । बर्षेनी बिदामा नेपाल जाँदा आफू हुर्केको गाउँको यी तिर्थस्थलहरुमा पुग्ने योन्जन समुदायमा समाजसेवीको रुपमा समेत परिचित छन् । नेपालका पुराना गुम्बाहरु मध्ये मानिएका पोङ्ती घ्याङको जिर्नोध्दारको लागि उनले बिशेष सहयोग पुराएका छन् । हाम्रा गाउँघरमा भएका धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वका ठाउँहरुको जगेर्ण गरेर प्रचार प्रसार गर्दा नै पर्यटकिय विकासमा टेवा पुग्ने भिडियो निर्माता योन्जनको भनाई रहेको छ ।

गायकको युट्युव च्यानल मार्फत मे २९ मा सार्वजनिक गरिएको भिडियोको भ्युवर्स छोटो समयमा निकै बढेको छ । यो समाचार तयार पार्दासम्मको भ्युअर्स साँढे दुईलाख कटी सकेका छन् । मंगोलियन हर्टका राजु लामाले सेलो बिटका गीतमा निकै समय पछि मात्रै आवाज दिएका हुन् । भिडियोमा गायकसँगै निरञ्जली लामा, बोबी लामा र चन्दरी तामाङको अभिनय हेर्न सकिन्छ । दाजुभाई प्रोडक्सन प्रालिको प्रस्तुतीमा निर्माण भएको भिडियोलाई छेवाङ लामाको निर्दैशन गरेक‍ा छन् । रामेछापको बिभिन्न रमणीय स्थानमा सन्जित श्रेष्ठले छायाङ्कन गरेको भिडियोलाई बिक्रम अधिकारीले सम्पादन गरेका हुन् ।

 

 

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार  ६ : ५७ बजे