२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

सि‌ंगापुरमा ट्रम्प र किमको सुरक्षामा खुकुरी भिरेका गोर्खा खटिने


२२ जेष्ठ २०७५, मंगलबार  

0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही महिनामा हुने भनिएको शिखर वार्ताको सुरक्षा जिम्मा सिंगापुर गोर्खाले लिने भएको छ ।

वीर गोर्खाली समूहलाई ट्रम्प र किमको सुरक्षाका लागि सिंगापुर पुलिसको सम्मेलन स्थल, सडक र होटलहरुको सुरक्षा प्रदान गर्ने सुरक्षा सम्बन्धी अधिकारीसँग जानकार रहेका एक कुटनीतिज्ञले जानकारी दिएको रोयटर्सले जनाएको छ ।

सिंगापुर पुलिसमा ‘लो प्रोफाइल’ हैसियतमा रहेका गोर्खाहरुले नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी डिफेन्स सेक्रेटरी जिम माटिस र अन्य उच्च अधिकारीहरुलाई गत महिना आयोजित सुरक्षा सम्मेलनमा सांग्रिला होटेलमा सुरक्षा प्रदान गरेका थिए।

गोर्खाहरु शरीर कवजसहित बेल्जियममा निर्मित एफएन एससीएआर युद्धक, आक्रमक राइफल्स र खुट्टामा पेस्तोल सहित सम्मेलनमा उपस्थित हुने छन्।

‘सबै अत्याधुनिक हतियारका वावजुद पनि गोर्खाहरु खुकुरीविना कुनै पनि युद्ध र प्रतिरक्षाको तयारी गर्दैनन्। उनीहरुको रोजाइमा केही मोडिएको परम्परागत हतियार पर्छ। किम्वदन्ती अनुसार खुकुरीलाई हरेकसमय रगत आवश्यक हुन्छ,’ रिपोर्टमा भनिएको छ।

सिंगापुर पुलिसका प्रवक्ताले सम्मेलनको सुरक्षाका लागि परिचालन हुने गोर्खा तथा त्यहाँका प्रहरीको संख्याको बारेमा भने खुलाउन चाहेका छैनन्।

आईआईएसए मिलिटरी व्यालेन्सका अनुसार एक हजार ८ सय गोर्खाहरु त्यहाँका ६ अर्धसैन्य कम्पनीमा सिंगापुर पुलिस मातहत काम गरिरहेका छन्। –रोयटर्स

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलबार  ८ : ०१ बजे