३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

ने क पा निर्वाचन आयोगमा दर्ता


२३ जेष्ठ २०७५, बुधबार  

0
Shares

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा आज दर्ता भएको छ।

आयोगका कानून अधिकृत अरुणकुमार झाका अनुसार आयोगको आज बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(ने क पा) दर्ता गर्ने निर्णय गरेको हो।

दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो।

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार  ८ : २४ बजे