२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

सोलुखुम्बु सोताङ क्याम्पसको लागि न्यूयोर्कमा हाइकिङ


Ang

३० जेष्ठ २०७५, बुधबार  

0
Shares

सोलुखुम्बुको सोताङ पब्लिक क्याम्पसको लागि न्यूयोर्कको बियर माउन्टेनमा हाइकिङ सम्पन्न भएको छ । क्याम्पसमा आइ.टी. कक्षा सञ्चालनका लागि आवश्यक सामग्री उपलब्ध गराउन फ्रान्स र अमेरिकामा अवस्थित अल्टुूस्टिक ओडिसी नामक गैरसरकारी संस्थाको सहयोगमा हाइकिङ आयोजना गरिएको हो । हाइकिङका लागि प्रख्यात बियर माउन्टेनमा गरिएको हाइकिङबाट संकलित रकमले आए.टी. कक्षा सञ्चालनका लागि आवश्यक पर्ने कम्प्यूटर खरिद गर्ने आर्थिक संकलन गर्ने अल्टुूस्टिक ओडिसीका अध्यक्ष एडमण्ड एन्टोइनले जानकारी दिए ।
हाइकिङमा  अमेरिकी नागरिक र नेपाली सहभागी थिए ।  हाइकिङबाट ३ वटा कम्प्यूटर किन्नका लागि सहयोग जुटेको अध्यक्ष एन्टोइनले बताउ । अल्टुूस्टिक ओडिसीले सोताङ प्राथमिक स्वास्थ्य केन्द्रसँग सहकार्य गरी प्रसुती सेवा र मातृ  स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । यसैबीच, अल्टुूस्टिक ओडिसीले आर्थिक संकलनका लागि न्यूयोर्क, मेरिल्याण्ड, नेपाल र फ्रान्स गरी ४ ठाउँमा हाइकिङ आयोजना गरेको छ । नेपालमा अवस्थित लोटस हर्ट नामक स्थानिय गैरसरकारी संस्थाको सहयोगमा नेपालको शिवपुरीमा गरिएको हाइकिङमा ३३ जना सहभागी थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार  १० : ३५ बजे