१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएनएको विज्ञ सम्मेलन र साधारण सभा तोकिएको मिति र समयमै हुने सबैमा जानकारी


Ang

३१ जेष्ठ २०७५, बिहिबार  

0
Shares

  

नेपालको विकासको लागी अमेरिकामा हुन लागेको बिज्ञ सम्मेलन र एनआरएन अमेरिकाको सातौ साधारण सभाको अन्तिम तयारी पुरा भईसकेर पुर्व निर्धारित मिति, समय र स्थानमा कार्यक्रम हुने जानकारी एनआरएनए उत्तर अमेरिकी क्षेत्रिय संयोजक ( आरसि)गौरि जोशि र एनआरएनए अमेरिकाका अध्यक्ष डा केशव पौडेलले विज्ञाप्ती मार्फत जनाएको छ ।
एनआरएनएको यो विशेष सम्मेलन र सभामा उत्साहजनक रुपमा भाग लिनका लागी अमेरिकाको साथै विभिन्न मुलुकबाट अतिथिहरुले हवाईटिकट लिनुको साथै होटल बुक गरिसकेर आउन लागेको बेला केही सिमित अनलाइन सञ्चारमाध्याममा साधारण सभा र विज्ञ सम्मेलनलाई रोक्न अदालतमा मुद्धा दायर गरिएको अपुष्ट र अनौपचारिक अफवाह फैलाएकोमा कसैले त्यस्ता गलत अभ्यास गरिएको पाएमा प्रचलित कानुन, सस्थाको विधि विधान र सदस्यहरुको भावना अनुरुप सस्था अघि बडने सबैमा जानकारी गराएको छ । विज्ञाप्तीमा भनिएको छ यस्ता गलत प्रकृयाले सस्थाको नियमित गतिविधिलाई अवरोध गर्ने मात्रै हैन साधारण सभामा सदस्यहरुले अविव्यक्त गर्ने भावना, चाहना र मागहरु राख्ने सदस्यहरुको अधिकारनै कुण्ठित गरेको उल्लेख गरेको छ ।
सस्थाको दिगो स्थायित्व, समाजको समुन्नति, मातृभूमिको सम्बृद्धि र सदस्यहरूको सर्वोपरी हक र हितमा कुठाराघात गर्ने यस्ता दुश्प्रयास र गलत अभ्यासलाई तिरस्कार गदै सबै सदस्यहरु, शुभेच्छुकहरु, अभियन्ताहरु र सबैलाई दुई दिने सम्मेलनमा उपस्थित भई कार्यक्रम सफल बनाउनका लागी क्षेत्रिय संयोजक जोशि र अध्यक्ष डा पौडेलले आग्रह गरेको छ ।
व्यक्तिगत स्वार्थ भन्द माथि उठी सस्थाको सर्वोपरि स्वार्थमा जुटन यस्ता किसिमको सस्थाको हित विपरित भइरहेको गलत प्रचार र अभ्यासप्रति विश्वास नगरि पुर्व निर्धारित मिति, समय र स्थानमा हुन लागेको एनआरएन अमेरिकाको साधारण सभा र विज्ञ सम्मेलनमा सबैले सहाभागीता जनाउनका लागी उनीहरुले सवैमा अपिल र अनुरोध गरेको छ । कोही सदस्यहरूमा सस्था सम्बन्धी केही चिन्ता, चासो, असहमति र उपायहरू छंन् भने साधारण सभामा छलफल गरौ र सस्थालाई माथि उठाउनका लागी सहमति, साझेदारी, समन्वय र सहकार्य गदै अघि बडन सबैमा आरसि जोशि र अध्यक्ष डा पौडेलले आग्रह गरेको छ ।

श्रद्धेय सम्मानित सदस्यहरू,

एन आर एन अमेरिकाको सातौँ साधारण सभा र अाई सी सी अमेरिकाजको विज्ञ सम्मेलन पूर्व निर्धारित मिति,समय र स्थानमा हुने कुरामा हामी, सँस्था, समाज र सम्पूर्ण गैर आवासीय नेपालीहरू विश्वस्त र प्रतिवद्ध रहेका छौं l सम्मेलनको सम्पूर्ण तयारी पूरा भैसकेको, सँस्थाका सम्मानित सदस्यहरूले सम्मेलनमा उत्साहपूर्वक भाग लिन होटेल बुक र हवाई टिकेट लिई सक्नु भएको अवस्थामा सामाजिक सन्जाल र सीमित अनलाईन संचार माध्यममा साधारण सभा र बिज्ञ सम्मेलनलाई रोक्न अदालतमा मुद्धा दायर गरिएको अपुस्ट र अनौपचारिक अफवाह फैलाईएका छंन् l यदि यस्ता गलत अभ्यास र प्रयास गरिएको रहेछ भने प्रचलित कानून, सँस्थाको विधि बिधान र सम्मानित सदस्यहरूको भावना अनुकूल संस्था अघि बढ्ने सबै सदस्य, शुभचिन्तक र अभियन्ताहरूलाई सादर जानकारी गराउँछौं l यस्ता गलत प्रकृयाले संस्थाको नियमित गतिविधिलाई अवरोध गर्ने मात्रै हैन यहाँहरूको साधारण सभामा अभिव्यक्त गर्ने भावना, चाहना र आफ्ना मागहरूलाई राख्ने सदस्यहरूको अधिकारलाई कुन्ठित गरिने सँस्थाको ठम्याई छ l सँस्थाको दीगो स्थायित्व, समाजको समुन्नति, मातृभूमिको सम्बृद्धि र सदस्यहरूको सर्वोपरी हक र हितमा कुठाराघात गर्ने यस्ता दुश्प्रयास र गलत अभ्यासको सँस्थाका सबै सदस्य, शुभेच्छुक, अभियन्ता, अग्रज र अगुवाहरू यही जून १६ र १७ मा सनफ्रान्सिस्कोको उपस्थित भै, सकृय सहभागिता जनाई साधारण सभा र बिज्ञ सम्मेलनलाई भव्य र सभ्यरूपमा सफल पारी गलत प्रकृयालाई असफल पार्नु हुनेछ भन्ने कुरामा विश्वस्त छौं l अत: सम्मानित सदस्यहरूले गलत प्रचार,प्रयास र अभ्यासमा विश्वास नगरी सँस्थाको पूर्व निर्धारित मिति, समय र, स्थानमा हुने साधारण सभा र अाई सी सी को बिज्ञ सम्मेलनको लागि यहाँहरूको आफ्नो पूर्व निर्धारित योजना अनुरुप सहभागिता जनाई दिन हुन हामी हार्दिक अपील र अनुरोध गर्दछौं l
अन्त्यमा, व्यक्तिगत स्वार्थ भन्दा माथि उठी सँस्थाको सर्वोपरी स्वार्थको लागि सदस्यहरूको चिन्ता, चासो, असहमति र उपायहरू छंन् भने आउनुहोस् साधारण सभामा, छलफल गरौ र निदानका असल प्रयास गरौ l सहमति, साझेदारी, समझदारी, समन्वय र सहकार्यले सँस्था, समाज र सबै सदस्यको सदैव समुन्नति हुनेछ l

जय एन आर एन!

 

गौरी राज जोशी
क्षेत्रिय संयोजक एनआरएनए आइसिसि

 

डा केशव पौडेल

अध्यक्ष

एनआरएनए अमेरिकाज

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहिबार  ७ : ५४ बजे