२७ आश्विन २०८१, आइतबार | Mon Oct 14 2024

अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा


१ असार २०७५, शुक्रबार  

0
Shares

बीके नेवा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको छ । वहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलोपटक यस्तो वार्ता सम्पन्न भएको हो । शिखरवार्ताको सहमतिलाई विश्व समुदायले स्वागत गरेको छ । जुन १२ मा भएको ट्रम्प—किमशिखर वार्ताप्रति विश्वकै ध्यान केन्द्रित भएको थियो । दुवै नेताले वार्ता ऐतिहासिक सफल भएको बताउनुभएको छ । शिखर वार्तापछि जारी चारबुँदे संयुक्त सहमतिपत्रमा दुवै नेताले हस्ताक्षर गर्नुभएको छ । उहाँहरु कोरिया प्रायद्विपलाई पूर्णरुपले आणविक हतियारमुक्त क्षेत्र बनाउन सहमत हुनु भएको छ । साथै,अमेरिका र उत्तर कोरियाबीचनयाँ सम्बन्ध स्थापना हुनेछ ।

 

लेखक

सिङ्गापुरको पर्यटकीय टापु सेन्तोसा स्थितपाँचतारे कापेला होटलमा ट्रम्प र किमबीचभएको ऐतिहासिक शिखर वार्ताले अमेरिका र उत्तर कोरियाबीचको अविश्वास तथा कटुता हटाइदिएको छ । उहाँहरुबीच पहिलोपटक शिखर वार्ता हुनु आफैँमा उपलब्धि हो । विश्वबाट एक्ल्याएको उत्तर कोरिया यो वार्तासँगै विश्व राजनीतिको मूलधारमा प्रवेश गरेको छ र आगामी वार्ताका लागि मार्ग प्रशस्त भएको छ । शिखरवार्ता कापेलाहोटलमा भएपनि ट्रम्प साङ्ग्रिला होटलमा र किम सेन्ट रेगिस होटलमा बस्नु भएको थियो ।

ट्रम्पसँग एक्लाएक्लै र सामूहिक शिखर वार्ता गर्नुभएका किमले भन्नुभयो,‘ यहाँसम्म आइपुग्न सहज थिएन, अनकौ अप्ठ्याराहरु थिए तर यहाँसम्म आइपुग्न हामीले त्यसलाई जित्यौँ ।’ ‘मलाई एकदम राम्रो लागिरहेको छ,हामीले राम्रो कुराकानी गरेका छौँ । हामीबीचको वार्ता सफल भएको छ’ भन्दै ट्रम्पले अबवार्ताको ढोका बन्द नहुने बताउनुभयो ।

अमेरिका र उत्तर कोरियाबीच यसरी सहजवार्ता होला भनी धेरैलाई विश्वास लागेको थिएन । तर सहज ढङ्गले वार्ता गरी ट्रम्प र किमले विश्व समुदायलाई आश्चर्य चकित पार्नु भएको छ । अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध सुधार हुनु भनेको विश्वकै लागि सुखद पक्ष हो । वाकयुद्ध गरिरहेका दुवै मुलुकबीच आणविक युद्धका खतरा बढिरहेका बेला भएको यो वार्ताले युद्धको खतरा अन्त्य गरिदिएको छ । यो शिखर वार्ताले जुनसुकै समस्याको समाधान वार्ताद्वारा नै गर्न सकिन्छ भन्ने सन्देशसमेत दिएको छ ।

विश्व समुदायबाट एक्ल्याइएको सानो कम्युनिस्ट मुलुक उत्तर कोरियाले आफ्नो सम्पूर्ण शक्ति राष्ट्रको सुरक्षामा केन्द्रित गर्यो । छैटौँ पटकसम्म आणविक परीक्षण गरी अमेरिकासम्म मार हान्न सक्ने अन्तर महादेशीय क्षेप्यास्त्र बनाएपछि अमेरिकाले सैन्य कारबाहीको सोच परिवर्तन गर्यो । अमेरिका, दक्षिण कोरिया र जापानले उत्तर कोरियालाई एक्ल्याउने सोच परिवर्तन गरेकाले नै वार्ता सम्भव भएको हो । उत्तर कोरियालाई एक्ल्याउँदा परमाणु युद्धको खतरा बढेको अनुभव विश्व नेताहरुले गरेपछि वार्ताको ढोका खोलिएको हो । ट्रम्प र किमबीच वार्ता गराउन वार्ता स्थलको व्यवस्थापन गरेर सिङ्गापुरले एक करोड ४० लाख डलर खर्च गरी नामकमायो भने उत्तर कोरियाका छिमेकीचीन, रुस र दक्षिण कोरियाले मध्यस्थताको भूमिमा आफैमा प्रशंसनीय रह्यो ।

ट्रम्प र किमबीचको शिखर वार्ता यसअघि दुई कोरियाबीचभएको शिखर वार्ताको पृष्ठभूमिमा भएको हो । उत्तर कोरियाली सर्वोच्च नेताकिम र दक्षिण कोरियाका राष्ट्रपति मुनजायइनबीच यसअघि दक्षिण कोरियाम ाभएको ऐतिहासिक शिखर वार्ताको सफलताले एक पछि अर्को वार्ता सफलहुँदै गएका छन् । दुई कोरियाबीचको वार्तामा युद्धको विधिवत् अन्त्य गर्न यसै वर्षभित्रशान्ति सम्झौता गर्ने सहमति भएको छ । सन् १९५०—५३ को विनासकारी कोरियाली युद्धपछि अहिलेसम्म शान्ति सम्झौता भएको छैन जसले गर्दा प्राविधिक रुपमादुवै कोरिया युद्धकै अवस्थामा छन् । युद्धकै अवस्थामा दुवै कोरियाले आ—आफ्नो क्षेत्रमाप्रगति गरेका छन् । दक्षिण कोरिया आर्थिक शक्तिबनेको छ भने उत्तर कोरियाले आणविक र सैन्य शक्तिबनेको छ ।

विश्वका शक्ति राष्ट्रहरु अमेरिकाले दक्षिण कोरियाको सुरक्षार्थ सेना र हतियार उपलब्ध गराएको छ भने चीन र रुसले उत्तर कोरियालाई सहयोग गरिरहेका छन् । एउटै भाषा र संस्कृति भएका दुई कोरियाली जनता मिल्न चाहेका छन् तर शक्ति राष्ट्रकै कारण अहिलेसम्म मिल्न नसक्दा कोरिया प्रायद्विपमा आणविक युद्धको खतरा बढेको हो । आणविक युद्ध भए अहिलेसम्मको उन्नति र प्रगति खरानी हुने कुरामा विश्वस्त दुवै कोरियाका नेताकिम र मुनबीचको शिखर वार्तामा युद्ध नगर्ने र वार्ताद्वारा समस्याको निकास खोज्ने प्रतिबद्धता जनाउनुभयो ।
उत्तर कोरियालीमूलका दक्षिण कोरियाली राष्ट्रपति मुनको विशेष पहलले गर्दा दुई कोरियाबीचको शिखर वार्ता मात्रै होइन ट्रम्प र किमबीच शिखर वार्ता सम्भव भएको हो । यी वार्ताहरुका कारण आगामी दिन थपवार्ताहरु हुँदै जाने र विश्वासको वातावरण अझ प्रगाढ बन्ने अपेक्षा गरिएको छ । उत्तर कोरियाले मुलुकको सुरक्षाको प्रत्याभूतिभएको खण्डमा आणविक कार्यक्रम परित्याग गर्न सहमति भएको छ । दक्षिण कोरिया,जापान र अमेरिकाले उत्तर कोरियालाई आणविक निशस्त्र बनाउन खोजेका छन् । उत्तर कोरिया निशस्त्र बन्यो र आणविक होडबाजी बन्दभयो भने कोरिया प्रायद्विप स्थायी शान्ति हुनेछ । अझदुवै कोरियालीहरुको चाहना छ कोरिया एकीकरणको पक्षमा छन् । एक कोरिया दुई व्यवस्थाका आधारमा दुई कोरियाबीच एकीकरणको सम्भावनालाई पनि उच्च स्तरीय वार्ताले सहज बनाउने अपेक्षा गरिएको छ ।

पछिल्ला दिनमा उत्तर कोरिया उदार र लचक बन्दै गएको छ । किमको उदारताले नै दक्षिण कोरिया र अमेरिकासित छुट्टाछुट्टै शिखर वार्ता सम्भव भएको हो । विश्व राजनीतिबाट अलग बस्दाको पीडा बोध गरेको उत्तर कोरियाले आफूविरुद्धको सात दशक लामो अमेरिकी र राष्ट्रसङ्घीय नाकाबन्दी अन्त्य होस् र अमेरिकासित नयाँ कूटनीतिक सम्बन्ध बलियो बनाउन चाहेको छ । अब युद्ध होइन समृद्धि र शान्तिका लागि काम गर्ने बेला आएको छ ।

उता अमेरिकाभित्र र अन्तर्राष्ट्रिय समुदायमा लोकप्रियता कमजोर बन्दै गएको र आलोचना बढ्दै गएको अनुभव गर्नुभएका राष्ट्रपति ट्रम्पलाई उत्तर कोरियासँगको सफल शिखर वार्ताले ठूलो राहत मिलेको छ । उहाँले अरुले गर्न नसकेको काम गरेर देखाउनकै लागि उत्तर कोरियासँग वार्ताको खतरा मोल्नु भएको हो । उत्तर कोरियासँग सहज ढङ्गले शिखरवार्ता सम्पन्न भएपछि ट्रम्पलाई अगाडि बढ्न सहजभएको छ । अब कोरिया प्रायद्विपलाई आणविक हतियारमुक्त गरी शान्ति स्थापना गराउने कार्यमा सहयोग गर्नुभयो भने ट्रम्पका लागि यो ऐतिहासिक उपलब्धि हुनेछ ।

विश्व शान्ति र स्थायित्वका लागि आणविक होडबाजी त्यागी मिल्नुको विकल्प छैन । आणविक होडबाजीले विश्व शान्ति र स्थायित्व नै खतरामा पर्ने भएकाले युद्धको बाटो बन्द गर्नुपर्छ । मिलेर बस्न चाहेका दुई कोरियाली मुलुकलाई मिल्न दिनुपर्छ । दुई कोरिया मिल्दाविश्वमै युद्धको खतरा टरेर जाने भएकाले पनि मिलेर बस्ने वातावरण बनाउनु आजको आवश्यकता हो ।

अत ः अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेताकिमबीचको सिङ्गापुर वार्ताका सफलताले विश्वलाई नै नयाँ सन्देश दिएको छ । दुई कटु सम्बन्ध भएका मुलुक पनि वार्ताद्वारा सहमतिमा आउन सक्छन् भन्दै वार्ताद्वारा जुनसुकै समस्याको समाधान खोज्नुपर्ने र सार्वभौम मुलुकको अस्तित्व र सार्वभौमिकतालाई सम्मान गरे निकास टाढाको विषय बन्दैन ।

प्रकाशित मिति : १ असार २०७५, शुक्रबार  १० : ३५ बजे