२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

किम्फ यात्रा : न्युयोर्कमा चौथो पटक प्रदर्शन हुँदै नेपाली वृत्तचित्र


२ असार २०७५, शनिबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

न्युयोर्कमा चौथोपटक काठमाडौं अतराष्ट्रिय पर्वतीय महोत्सव(किम्फ) ट्राभलिङ किम्फका रुपमा आयोजना हुदैछ । यही जुन ३० ज्याकसन हाइटस्थित शेर्पा किदुगको हलमा आयोजना गरिएको ट्राभलिङ किम्फमा उत्कृष्ट वृत्तचित्र र फिल्म विधाका गरी ४ शीर्षकलाई दर्शकले हेर्न पाउने भएका छन् ।

कार्यक्रम हिमाल एसोसिएसनको आयोजनामा एभरेस्ट टाइम्स इन्कले सहआयोजना गर्दै आएको छ । यसपटकको मेनुमा च्यान्टी, चिल्ड्रेन अफ दि स्नोल्यान्ड, उर्मिला र जालगेडी प्रदर्शन हुने भएको छ ।

यस्ता छन् यसपटक प्रदर्शन हुन लागेकाकामा २ वटा वृत्तचित्र र २ वटा फिक्सन फिल्म रहेका छन् । उर्मिला सन् २०१६ को किम्फको उत्कृष्ट वृत्तचित्र हो । उर्मिला ‘माई मेमोरी इज माई पावर’ सर्वोत्कृष्ट सुसन गुल्थले निर्देशन गरेको हो । पूर्व कमलरीको कथामा आधारित १५ सय अमेरिकी डलर जितेकी जितेको थियो ।

त्यसैगरी चिल्ड्रेन अफ दि स्नोल्यान्ड वृत्तचित्र दुई बेलायतीले बनाएका हुन् । जरा बल्फोर र मर्कस स्टेफन्सनले तयार पारेको यस वृत्तचित्र हिमालय क्षेत्रका बालबालिका शिक्षाका लागि काठमाडौं आएको र १० वर्षपछि घर फर्कँदाको अवस्थालाई प्रस्तुत गरिएको छ ।

त्यसैगरी जालगेडी चलचित्रले पनि विभिन्न अवार्ड पाइसकेको छ । राजेशप्रसाद खत्रीले निर्देशन गरेको चलचित्र मुगुका बालबालिकाको जीवनमा आधारित रहेको छ । चलचित्रले नेपाल पनोरमाअन्तर्गत बेस्ट फिक्सनको अवार्ड पाएको थियो ।

त्यसैगरी च्यान्टी भीमसेन लामाले निर्माण गरेको सर्ट फिल्म हो । यसमा माओवादी द्वन्द्वको पृष्ठभूमिमा एक घरको दशैं कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

उत्कृष्ट विषय, नेपाली कलाको प्रवर्द्धन

चारवटै फिल्महरुमा नेपाली कथाव्यथा समावेश भएको र सबै उत्कृष्ट भएको आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले बताए । ‘यसपटक न्युयोर्कमा प्रदर्शन गर्न लागिएका चार वटा मध्ये उर्मिला र द चिल्ड्रेन अफ स्नोल्यान्ट डकुमेन्ट्री हुन् भने बाँकी फिक्सन फिल्म,’ थापाले भने, ‘चारवटै शीर्षकका फिल्म उत्कृष्ट रहेका छन् ।’

न्युयोर्कमा नेपाली वृत्तचित्र र फिल्महरु प्रदर्शन गर्न पाउनु गर्वको विषय भएको सहआयोजकले जनाएको छ । विशेषगरी नेपाली फिल्मको सीपलाई प्रवद्र्धन गर्नु र अन्तर्राष्ट्रिय स्तरमा फिल्ममेकरलाई चिनाउने महोत्सवको पहिलो उद्देश्य भएको सहआयोजकका तर्फबाट एभरेस्ट इन्कका आङछिरिङ शेर्पाले बताए । यो नेपाली फिल्म मेकरका लागि अन्तर्राष्ट्रिय डबली भएको उनको भनाई रहेको छ । यसबाट नेपाली पर्यटन प्रवद्र्धन हुनका साथै नेपाली विषयवस्तुको स्वाद प्रवासमा बसेर पनि लिन पाइरहेको उनले बताए । त्यसैगरी महोत्सवको अर्को मुख्य उद्देश्य दूर्गमका विद्यालयहरुलाई सहयोग गर्नुरहेको उनले जानकारी दिए ।

किम्फबाट संकलिन रकम नेपालका विद्यालयलाई

न्युयोर्कमा आयोजना हुँदै आएको किम्फबाट उठेको रकम नेपालका विभिन्न गाउँमा रहेका विद्यालयलाई सहयोग गर्दै आएको छ । यसपटकको फेस्टिभलबाट उठेको रकम रामेछाप जिल्लाको एक विद्यालयलाई प्रदान गरिने सहआयोजक एभरेस्ट टाइम्स इन्कका आङछिरिङ शेर्पाले जानकारी दिए ।


यसअघि भूकम्पले क्षतिग्रस्त सोलुखुम्बुको सेर्गामा रहेको सेर्गा बागम प्राविलाई तीन लाख २५ हजार ५,२५ रुपैयाँ सहयोग प्रदान गरिएको थियो । उक्त रकम हिमाल एसोसिएसनका कार्यकारी निर्देशक थापा र एभरेस्ट टाइम्सका सम्पादक ङिमा पाख्रिनले विद्यालयका प्रतिनिधि टाकर्म दुरदार्शी समूहका अध्यक्ष दावा शेर्पालाई हस्तान्तरण गरेका थिए ।

भूकम्पले क्षतिग्रस्त सेर्गा प्राविले सहयोग पाएकोमा शेर्पाले खुसी व्यक्त गरे । ‘विद्यालयमा जम्मा दुई कोठे भवन थियो, त्यो पनि गत वर्ष आएको भूकम्पले भत्काइदियो,’ शेर्पाले भने, ‘यो रकमले बलियो भवन बन्ने भएको छ ।’ सेर्गा प्रावि सोलुखुम्बुकै दुर्गम गाउँमा रहेको र शिक्षकको अभावमा पढाइसमेत नियमित नहुने उनले दुखेसो पोखे ।

पहिलोपटक आयोजना गरिएको किम्फबाट संकलित १ लाख ८६ हजार ५ सय रुपैया सोलुखुम्बुकै चाँगेस्थान माध्यमिक विद्यालयलाई सहयोग गरिएको थियो ।

त्यसैगरी तेस्रो पटकको किम्फबाट संकलित रकम सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित वडा ६ अन्तर्गत इचोकको घोप्टेघ्याङमा रहेको ज्याम्बेयाङ प्राविलाइ सहयोग प्रदान गरेको थियो ।

भूकम्पपछि पनि कुनै सहयोग नपुगेको र विकट उक्त स्थानमा पत्रिकाका प्रधानसम्पादक आङछिरिङ शेर्पाले १ लाख ५० हजÞार ५५ रूपैयाँ २०७४ कात्तिक ९ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमा ह्योल्मो शेर्पालाइ प्रदान गरेका हुन् ।

राजधानी काठमाडौंसँग जोडिएको जिल्ला भएपनि उक्त स्थान विकट रहेको र अझैसम्म कुनै सहयोग पुग्न नसकेको जानकारी आएपछि सहयोगका लागि उक्त स्थानमा पुगेको शेपाले जानकारी दिए ।

विद्यालयले प्राप्त गरेको सहयोग विद्यालयको भवन बनाउन प्रयोग गरिने समितिका अध्यक्ष ह्योल्मोले बताए । ‘भूकम्पपछि स्कुलको भवन भत्केको र अझै बनेको छैन, कतैबाट सहयोग पनि मिलेको छैन, अब यही रकममा अरु थपेर भवन बनाउनेछौं,’ उनले भने ।

गाउँपालिकाले पनि थप सहयोग गरी विद्यालयको भवन बनाइने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले वचन दिए । स्थानीय समाजसेवी टासी ह्योल्मोको सहयोगमा विकट विद्यालय छनोट गरिएको थियो ।

त्यो सहयोगले भवन बनाउने आँट आयो

सुकुराम दोङ, वडाध्यक्ष, हेलम्बु गाउँपालिका–६, सिन्धुपाल्चोक

अमेरिकाबाट सहयोग आएपछि जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले पनि विद्यालयलाई सहयोग गरेको छ । यसले गर्दा हामीलाई विद्यालयका कोठाहरु बनाउने आँट आयो । अहिले दुई वटा कोठा तयार हुदैछ । एभरेस्ट टाइम्सका पत्रकार आङछिरिङ शेर्पाले १ लाख ५० हजार ५५ रुपैयाँ विद्यालयलाई दिनुभएको थियो । यही सहयोगका कारण शिक्षा कार्यालयबाट सहयोग पायौं । यसले अहिले स्थानीय खुसी छन् । मलाई पनि निकै खुसी लागेको छ । हेलम्बु गाउँपालिकाको वडा ६ इचोकको घोप्टे घ्याङमा रहेको जम्बियाङ प्राविलाई किम्फबाट प्राप्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमा ह्योल्मो शेर्पालाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २ असार २०७५, शनिबार  ७ : ४९ बजे