१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

अनेसासको अध्यक्षमा लडदै गोर्बधन पुजा


Ang

६ असार २०७५, बुधबार  

0
Shares

अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास)को आगामी निर्वाचनमा साहित्यकार गोर्वधन पुजाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन । सस्थामा दुई कार्यकाल महासचिवको रुपमा कार्य गरिसकेका उनले नेतृत्व तहमा केही गर्नका लागी उम्मेद्धवरी दिएको जनाएको छ । ‘ महासचिव भएर दुई कार्यकाल पुरा गरे तर अब नेतृत्व तहमा पुगेर धेरै अधुरो कार्यहरू पुरा गर्नका लागी मैले अध्यक्ष पदमा उम्मेद्धवरी दिएका हो ‘ गोर्बद्धन पुजाले एभरेष्टटाइम्सलाई भने-‘ अनेसासलाई समय सापेक्ष रुपमा गति दिदै यसको उदेश्य र मूलमर्मलाई आत्मसाथ गर्दै नेपाली सहित्यको विश्वव्यापीकरण अभियानलाई अघि बढाउनमा केही ठोस कार्य गर्ने अठोट लिएरनै अघि बडेको हु’
नेपाली भाषा र साहित्य सिर्जनामा तीनदशकदेखि लाग्दै आएका उनी अनेसाससग सन २००३ मा वियोगी बुढाथोकीको अध्यक्षतामा गठित नेपाल च्याप्टरको सहसचिवबाट अवद्ध हुदै आएका थिए । उनी अहिलेसम्म औपचारिक रुपमा अनेसासमा लागेको ११ बर्ष पूरा भएको जनाएको छ । नेपालमा पत्रकारिता र साहित्य दुबै क्षेत्रमा अवद्ध उनी विगत एक दशकदेखि अमेरिकाको बोस्टनलाई कर्म क्षेत्र बनाएर बस्दै आएका छन ।

उम्मेद्धवरी घोषणाकै क्रममा उनले जारी गरेको विज्ञाप्ती जस्ताको त्यस्तै

आदरणीय आजीवन सदस्यज्यू

नमस्कार ,

अनेसासको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि मैले उम्मेदवारी दिएको छु विगत दुई कार्यकाल मैले महासचिवको रुपमा केही कामहरू गर्ने अवसर पाएँतर नेतृत्व तहमा मेरो निर्णायक भूमिका नभएकाले मैले गर्नुपर्ने धेरै कार्यहरू अधुरा नै रहे त्यसैले अनेसासलाई समय सापेक्ष गति दिदै यसको स्थापनाको उदेश्यको मूलमर्मलाई आत्मसाथ गर्दै नेपाली सहित्यको विश्वव्यापीकरण अभियानलाई अघि बढाउन केही ठोस कार्य गर्ने अठोटका साथ सहकार्य गर्न यहाँहरूको साथ र हातको लागि हार्दिक अनुरोध गर्दछु |

 र अघिल्लो कार्यकालमा यहाँहरूले अपेक्षा राख्नु भएको केही कार्य मैले पूरा गर्न सकिनँ हुँलायहाँहरूको चित्त बुझाउन सकिनँ हुँलायहाँहरू मेरो कार्य गराईप्रति दुखि हुनु भयो होला यी सबै मानवीय कमजोरी र मेरो कार्य क्षमतामा देखिएको कमिलाई सुधार्दै आगामी दिनमा सामूहिक आवाजको कदर गर्दै कार्य गर्ने प्रतिवद्दताका साथमा क्षमा याचना पनि गर्दछु |

          नेपाली भाषा र साहित्य सिर्जनामा तीनदशक लामो मेरो यात्रा अनेसाससंग सन् २००३ मा वियोगी बुढाथोकीको अध्यक्षतामा गठित नेपाल च्याप्टरको सह-सचिवबाट सुरु भएको हो अनेसासमा मेरो औपचारिक सहभागिताले ११ बर्ष पूरा गरेको छ  |

 सन् २००९ मा अमेरिकाको  न्युयोर्क आएपछि यसमा अझ गहिरिएर लाग्ने अवसर मिल्यो सन् २०१२-२०१४ र २०१६-२०१८ मा मैले महासचिवको भूमिका निर्बाह गर्दा अनेसास भित्रका साना भन्दा साना कुराहरू जान्ने अबसर पाएँ जसलाई मैले सिक्ने समयका रुपमा लिएको छु,| परिवार ठूलो भएका कारण बैचारिक मतभेद हुनु स्वभाविक हो बिचारको मन्थन हुनुपर्छ बिचार बाझिनु पर्छ र माझिनु पनि पर्छ हाम्रो परिवारमा पनि समय समयमा यस्ता मत-मन्थनको कामहरू भएका छन् यसबाट टुटेका मन र छुटेका आफ्नो पनलाई मेरो कार्यकालमा भावनाको “सुपरग्लु”ले जोड्ने प्रयास गर्ने छु हामीलाई  राम्ररी थाहा छ,  जब फाटेको मन जोडिन्छ तब झन् बलियो सम्बन्ध बन्छ र फेरि कहिले पनि च्यातिने छैन |

          म नेपाली साहित्य पढेर आएको पाठक हुँ  अहिले झन्डै एक दशकदेखि अमेरिकाको बोस्टनलाई कर्म क्षेत्र बनाएर बसेको छुयसैले नेपाली साहित्यमा भएका उपलव्धिलाई भूगोल कुनाकुनामा रहेका नेपाली भाषा-भाषी बीच पुर्याउन र उनीहरूको भाषा प्रेमलाई नेपालसम्म जोड्न मैले सम्बन्ध सेतुको कम गर्न सक्ने विश्वासका साथ सन् २०१८-२०२०को कार्यकालका लागि अध्यक्षको उम्मेदवारी दिएको हुँ |

मलाई थाहा छनेपाली साहित्यको केन्द्र नेपाल होघरदेश हो साहित्यको बिकासमा महत्वपूर्ण भूमिका खेल्न नेपालमा भएका संघ सस्थाहरू तनमन र बचनले लागि परेका छन् तर बिदेशी भूमिमा अनेसासको भूमिका उजागर गर्ने कार्यमा लागेको अनेसास एउटा महत्वपूर्ण सस्था हो त्यसैले नेपालले यसको नेतृत्व गर्नु भनेको नेपालमा नेपाली राजदूतावास खोलेर राजदूतको नेतृत्व गर्नुजस्तै हो हो सहकार्य हुनु पर्छसम्बन्ध सुमधुर राख्नु पर्छ तर नेतृत्वको सवालमा सहि ठाउँ त उपयुक्त व्यक्तिवको चयनले सस्थाको उदेश्य र औचित्यमा महत्वपूर्ण भूमिका खेल्छ |त्यसैले यो कार्यका लागि मेरो उमेद्वारी धेरै हदसम्म उपयुक्त ठानेको छु |

मैले कमाएको आफन्त र सम्पत्ति भन्नु  मेरो तीन दशक लामो साहित्यिक यात्रामा सिर्जना भएका मेरा कृति र तपाईहरूको मनमा पाएको बास नै हो |  यही शक्तिको आडमा तपाईहरूको मत माग्ने आँट गरेको छु भनिन्छ “मतदान” एउटा पुण्य दान हो सहि पात्रमा यो दान पर्नाले दान गर्ने व्यक्तिलाई वास्तविक आनन्द पनि  मिल्छ ,त्यसैले तपाईलाई यो आनन्दी मिलोस् भन्नेमा म सजक छु |

          सबैको हात अमूल्य साथ र विश्वासका खात लिएर अनेसासलाई साहित्यको सामूहिक चौतारी बनाउने प्रण गर्दै मैले केही योजनाहरू कोरेको छुजसलाई यहाँहरूको “हैसे”ले मेरो “होस्टे” लाई सहयोग पुग्ने पवित्र विश्वास साँचेको छु |

र अन्त्यमा साहित्यलाई कमाउने पेशा र सस्थालाई निजी पेवा बनाउने भूल नगर्ने कबूल दोहोर्याउदै अमूल्य मतदान गर्नका लागि हार्दिक अनुरोध गर्दछु |

 

भवदीय,

गोवर्धन पूजा

अनेसास अध्यक्ष (२०१८-२०२० ) पदको उम्मेद्वार

बोस्टनअमेरिका

सम्पर्क : ५०८८४०५८७४

फेसबुक :pooja govardhan

email: gpooja1970@gmail.com

प्रकाशित मिति : ६ असार २०७५, बुधबार  १२ : ५७ बजे