६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

कांग्रेस जिल्ला सभापतिहरुको बन्दसत्रमा ३८ जनाले राखे धारणा, भोलि पनि जारी रहने


६ असार २०७५, बुधबार  

0
Shares

हेटौंडा : नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलाको दोस्रो दिन आज बन्दसत्र शुरु भएको छ । मकवानपुरको हेटौंडास्थित पल्पसा हलमा आज ११ बजेबाट शुरु भएको बन्दसत्रमा ३८ जना जिल्ला सभापतिले धारणा राखेपछि राति ८ बजे भोलि बिहान बस्नेगरी बन्दसत्र स्थगित गरिएको छ ।

बन्दसत्रमा अधिकांश सभापतिहरुले पार्टी नेतृत्व निरंकुश बन्दै गएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्। समयमै पार्टीको विधान संशोधन नगरेको भन्दै जिल्ला सभापतिहरुले देउवाको आलोचना गरेका हुन् ।

देशमा संघीयताअनुसार चल्न थालिसके पनि कांग्रेस भने पुरानै संरचनामा चलेको उनीहरुको आरोप थियो। त्यसैगरी महासमितिको मिति चाँडो तोक्न पनि जिल्ला सभापतिहरुले माग गरेका छन् ।

आज धारणा राख्ने अधिकांश जिल्ला सभापतिहरु वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका हुन्। बाँकी सभापतिहरुले भोलि ९ बजेबाट आफ्नो धारणा राख्नेछन् ।

 

आज धारणा राख्नेहरुमा

लमजुङ भेषबहादुर पौडेल
ईलाम हिमालय कर्माचार्य
चितवन जितनारायण श्रेष्ठ
दोलखा रुद्रबहादुर खड्का
रामेछाप लव श्री न्यौपाने
बाग्लुङ दीपेन्द्र बहादुर थापा
तेह्रथुम गोविन्द ढुंगाना
रुकुम प्रेम प्रकाश वली
कास्की कृष्ण के.शी.
कालिकोट हर्षबहादुर बम
बाजुरा कविराज पण्डित
भोजपुर नन्दमणि राई
नवलपुर/नवलपरासी विष्णु लामिछाने
सिन्धुपाल्चोक विकाश लामा
पर्वत खिमप्रसाद भुसाल
सुर्खेत कमलराज रेग्मी
सर्लाही नागेन्द्र कुमार राय
रुपन्देही अब्दुल रञ्जाक
नुवाकोट जगदिश्वरनर सिंह
पाल्पा बीरबहादुर राना
दाङ किर्तिबहादुर खड्का
उदयपुर विदुर वस्नेत
सोलुखुम्बु बिनोदकुमार बस्नेत
कञ्चनपुर हरि बोहोरा
कैलाली नरनारायण शाह
दार्चुला ललित सिंह बोहोरा
धनकुटा अग्नी प्रसाद पौडेल
खोटाङ नरेश कुमार श्रेष्ठ
ताप्लेजुङ लिला बोखिम
सप्तरी दिनेश यादव
गोरखा हरिबहादुर घले
स्याङजा कमलप्रसाद पंगेनी
बर्दिया सञ्जय गौतम
सुनसरी राजिव कोईराला
धादिङ रमेश धमला
पाँचथर नरेन्द्रकुमार केरुङ
म्याग्दी खमबहादुर गर्जुवा

ललितपुर मदन अमात्य

प्रकाशित मिति : ६ असार २०७५, बुधबार  ९ : ४८ बजे