१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

अमेरिकी सहयोगमा हनुमान ढोका गद्दी बैठकको पुनर्निर्माणपछि हस्तान्तरण


१३ असार २०७५, बुधबार  

0
Shares

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन्।

आज हनुमान ढोकास्थित गद्दी बैठक भवन पुननिर्माणको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्।

प्रधानमन्त्री ओलीले यस भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदुतवासमार्फत अमेरिकी सरकारलाई आभार प्रकट गरेका छन्। हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने,ऐतिहासिक र साँस्कृतिक महत्वका भएको बताए।

२०७२ सालको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिन भएको,,सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गरे।

“हामी भूकम्पले क्षतीग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ,” प्रधानमन्त्री ओलीले भने, “हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं।”

प्रधानमन्त्री ओलीले भूकम्प पछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे। संविधानसभाले संविधान जारी गरेर,नयाँ निर्वाचन मार्फत सरकार गठन भइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले भने, “राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं।” फेरी पनि भूकम्प आउन सक्ने भएकोले अबको पुननिर्माण थप गुणस्तरीय हुनु पर्ने प्रधानमन्त्रीको भनाइ रहेको छ।

प्रकाशित मिति : १३ असार २०७५, बुधबार  ४ : २४ बजे