१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

न्युयोर्कमा बुद्धको प्रज्ञापारमिता सुत्र अर्थात युम पाठ


Ang

१५ असार २०७५, शुक्रबार  

0
Shares

भगवान गौतम बुद्ध शाक्यमुनिद्धारा प्रतिपादित दर्शन प्रज्ञापारमिता सुत्र अर्थात १६ ठेली युम न्युयोर्क स्थित शेर्पा गुम्बामा गत हप्ता पाठ गरियो । न्युर्योकस्थित सिदे कुन्खेपलिङ धर्म केन्दद्ध्रारा न्युयोर्कमा पहिलो पटक आयोजना गरेको कार्यक्रम विहानदेखि वेलुकीसम्म भएको थियो । अवतरी पारु रिन्पोचे ,गेशेला, आचार्य खेन्पो भिक्षु ,भिक्षुणिहरुको साथै बुद्ध धर्ममा आस्था राख्ने भक्तजनहरु सबैले युमको पाठ गरेका थिए । ‘ बुद्ध भगवानद्धारा प्रतिपदित दर्शनहरु गुम्बामा थन्काएर मात्र हुदैन पाठ गर्नुपर्छ भन्ने मान्यता अनुरुप हामीले पहिलो पटक सामुहिक रुपमा पाठ गरेको हो ‘आयोजक सस्थाका अध्यक्ष आङ बाबु शेर्पाले भने-‘ हाम्रो समाज अहिलेसम्म पनि दर्शन शास्त्रलाई कर्मकाण्डी तर्फ मात्र धकेलेकेा यो अवस्थामा अब सवैले अध्ययन गर्नुपर्ने जरुर देखेको छ ‘ । ‘

बुद्ध भगवानको महत्वपुर्ण दर्शन युम पाठ गर्नले मानव जातीको साथै विश्व शान्तिको लागी धेरै फाइदा हुन्छ ‘ धर्म गुरु गेसेलाले भने-‘ भिक्षु लामाहरुसंगै सर्वसाधारणले पनि युम पढनु ज्यादै महत्वपुर्ण कार्य हो ‘ । कार्यक्रम सस्थाका सदस्यहरुले दिएको आर्थिक सहयोगमा भएको थियो । ‘ बुद्धको महत्वपुर्ण प्रज्ञापरमिता युम पाठ सर्वसाधारणसग पाठ गर्न पाउदा निकै खुसी लाग्यो’ धर्म गुरु आचार्य ङवाङ सांगेले भने-‘ लामा भिक्षुहरुसंगै सर्वसाधारणले यसरी बौद्धधर्मको ग्रन्थहरु अध्ययन गदै गएमा सबैलाई धेरै फाइदा पुग्ने छ ‘ । यही कार्यक्रमको लागी आयोजकले केही हप्ता अघि जानकारी दिएका थिए । त्यही अनुसार न्युयोर्क र न्युयोर्क बाहिर बस्नेहरुले पनि आर्थिक सहयोग गरेका छन ।

 

सहयोगीहरुले दिएको आर्थिक सहयोग कार्यक्रममा खर्च गरेर बचेको रकम सस्थाले हाल नेपालमा नेपाली भाषामा अनुवाद भइरहेको बुद्ध वचन अनुवाद समितिलाई पठाएको छ । समितिलाई सस्थाले ८ हजार र त्यसमाथि व्यक्तिगत तवरबाट न्युजर्सि निवासी गेसे तेन्जिङदावाबाट १ हजार डलर, टेक्सास निवासी तेन्जिङल्हामो र दावा शेर्पाबाट ५ सय १ डलर र आङबाबु शेर्पाबाट १३ सय ८८ डलर गरि १० हजार ८ सय ९० डलर पठाएको सस्थाको संयोजक आङबाबु शेर्पाले बताए । उनका अनुसार कार्यक्रमबाटै बचेको रकमबाट भारतको लाताक मृगौला पिडितलाई ५ सय डलर, मलेसियामा रोजगारीको सिलसिलामा खुट्टा गुमाएको आङ पासाङ शेर्पालाई ५ सय र एभरेष्टटाइम्सद्धारा सहआयोजित किम्फ कार्यक्रमलाई ३ सय डलर सहयोग गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार  १ : १६ बजे