२५ मंसिर २०८१, मंगलबार | Wed Dec 11 2024

न्युयोर्कमा मनायो साकेला


Ang

१५ असार २०७५, शुक्रबार  

0
Shares

किराती समुदायको महान चाड साकेला उभौलिको अवसर पारेर युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका ( युकरा ) न्युयोर्क च्याप्टरले न्युयोर्कको क्वीन्सवि्रज पार्कमा साकेला पर्व मनायो । प्रकृतिपुजक आदीबासी किराती राई समुदायले उभौलि र उधौलिको अवसरमा हरेक वर्ष साकेला पर्व मनाउदै आएका छन । हरेक वर्ष झै यस वर्ष पनि युकराले विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थितिमा धार्मिक र सास्कृति पर्व साकेला मनाएका छन । कार्यक्रममा किराती युवायुवतीहरु राइ जातिको आफनै पोशाकमा हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चमर र सिम्कौली सेउली लिएर गोलोकारमा साकेला सिलि नाचेर रमाएका थिए । उनीहरु नाच्नु अघि किराती धार्मिक व्यक्तिहरुले कार्यक्रम स्थलमा भुमे, प्रकृति र पुर्वजहरुको पुजा गरि ढोल र झ्याम्टा बजाएर सिलि साकेलाको शुरुवात गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित नेपाली कन्सुलेटका बाणिज्यदुत कृषु क्षेत्रीले विदेशमा आएर पनि आफनो मौलिक पहिचान जोगाउनमा युक्राले महत्वपुर्ण भुमिका खेलेकोमा प्रसंसा गरेका थिए । युकराको न्युयोर्क च्याप्टरको अध्यक्ष केशवराम राईले किराती समुदायको मौलिक र महान पर्वलाई भावी पुस्ता माझ निरन्तरता दिनका लागी प्रवासमा यो कार्यक्रम हरेक वर्ष आयोजना गदै आएको बताए ।

युकराको केन्दि्रय अध्यक्ष विष्णु राईको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित मानबहादुर राणामगर, फिफनाका पुर्व अध्यक्ष कर्मा गेल्जेन शेर्पा लगायत विभिन्न सस्थाका प्रतिनिधिहरुले किराती राई समुदायको महान पर्व सुम्निमाको शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा न्युयोर्कको साथै नेब्रास्का, बोष्टन, न्युहृम्सरबाट पनि आएका थिए । उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाउदै आएको जया राईले बताए । उनका अनुसार अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस , बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट बााचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गरून् भन्ने कामनाको साथ साकेला मनाउदै आएको छ । उक्त अवसरमा अर्गनाइजेसनले न्युयोर्क निवासी समाजसेवि हेम थापा र माया थापालाई सम्मान गरेका थिए ।

 

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार  ९ : ५९ बजे